२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुले पूर्वराजा भन्छन् म राजा नै भन्छुः शेखर कोइराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरुले प्रदर्शन गरेको बताउनुभएको छ ।

झापामा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजा फर्काउनुपर्छ भन्नेकुरा नेपालमा मात्र नभइ फ्रान्स लगायतका देशहरुमा पनि हुने गरेको भन्दै नागरिकहरु असन्तुष्ट हुँदा अहिले प्रदर्शन भएको बताउनु भयो । गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो की सकेन भन्नेकुरामा ध्यान दिन जरुरी हुने बताउनु भयो । उहाँले राजतन्त्र फर्किने आफूलाई विश्वास नरहेको जिकिर गर्नुभयो । गणतन्त्रका रक्षकहरुले राम्रो काम गरेर देखाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अरुले पूर्वराजा भन्छन् म राजा नै भन्छु । किनभने कार्यकारी भइसकेको व्यक्तिलाई पूर्व भन्ने चलन बाहिर छैन, नेपालमा मात्रै छ । राजाको कुरा हेर्दा हरेक देशमा चलिरहेको हुन्छ । आज पनि फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ । चिया पसलमा राजा फर्काउनुपर्छ भन्ने गफ हुन्छ । यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको हुन्छ । हामीले कसरी लिएका छौँ । राजाको बारेमा कुरा गरेर मात्रै हुँदैन । जनतालाई कतिको खुशी पार्न सकेका छौँ भन्ने हो । गणतन्त्र ल्यायौँ । त्यसले आशा, भरोसा जगाउन सकेका छौँ की छैनौँ भन्ने हो । राजा फर्किन्छ त भन्नुभयो, मलाई लाग्दैन । माईखोलामा धेरै पानी बगिसक्यो मलाई लाग्दैन । हामीले राम्रो काम गरेर देखाउने हो ।’

सांसद कोईरालाले अध्यादेशको विषयवस्तु भन्दा पनि संसद बोलाउने समयमा ल्याउनु गलत भएको बताउनु भयो । उहाँले पाँच वटा अध्यादेश संसदबाट स्वीकृत भएपनि भूमी सम्बन्धी अध्यादेश किन् स्वीकृत नगरिएको भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अध्यादेशमा मैले कन्टेन्ट भित्रको कुरा गरेको होइन । सरकारलाई एकदमै जरुरत परे अध्यादेश ल्याउनसक्ने संविधानमा व्यवस्था छ । अध्यादेश संसद नचलेको बेलामा ल्याउने हो । अहिले जुन ५ वटा ६ वटा अध्यादेश आयो, संसद नबोलाउने, संसदलाई टार्ने, त्यसको ६ दिनपछि संसद बोलाउने । अध्यादेश राम्रै होला, ५ वटा पास भयो हिजो । कानून बन्ला, त्यरी अघि बढ्ला । के कारणले भूमि सम्बन्धी अध्यादेश रोक्नुभयो । त्यो त स्वीकृत हुन ल्याइएन । अर्थतन्त्र जर्जर अवस्थामा छ ।’

सांसद कोईरालाले नेपाली काँग्रेस सत्तामा रहेको तर सरकारमा नरहेको जिकिर गर्नुभयो ।