काठमाडौँ । राजसंस्था पुनःस्थापनाको माग गर्दै राजा पक्षधर समूहले प्रदर्शन गरेका छन् ।
जनताको नासो फिर्ता चाहियो भन्दै उनीहरुले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरूले शान्तिबाटिकाबाट नारायणहिटीसम्म र्याली निकालेका हुन् । हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्यालीमा सहभागी उनीहरूले राजाको पक्षमा नारा लगाउदै नारायणहिटी खाली गर्न माग गरेका छन् ।











