२१ भाद्र २०८३, आईतवार
,
Latest
छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ औं राष्ट्रिय मानवअधिकार महाभेला—२०८१ प्रतिवेदन सार्वजनिक



अ+ अ-

काठमाडौँ । १६ औं राष्ट्रिय मानवअधिकार महाभेला—२०८१ प्रतिवेदन सार्वजनिक भएको छ ।

शुक्रवार ललितपुरमा एक कार्यक्रमबीच प्रतिवेदन सार्वजनिक भएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले भाषिक रुपमा लैङ्किग समानताका प्रगतिको अनुगमन, मूल्याकन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले महिलाको विकास, सशक्तिकरणमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले आयोगका सिफारिसहरु पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले लैङ्किग समानताको नीति लागू गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा सिफारिसहरु पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेका छैनन् । यो दुःखलाग्दो विषय छ । हामी लागि रहेका छौँ । हामी कसरी पूर्ण रुपमा सिफारिस कार्यान्वयन गराउनसक्छौँ भनेर लागि रहेका छौँ । सरकारको लैङ्किग समानताको नीति लागू गर्नुपर्छ । त्यो कुरा प्रतिवेदनमा उल्लेख छ । लैङ्गिक मुल प्रवाहीकरणमा गति दिनुपर्छ । लैङ्किग संवेदनशिल सूचकहरुको विकास गर्नुपर्छ । भाषिक रुपमा लैङ्किग समानताका प्रगतिको अनुगमन, मूल्याकन गर्नुपर्छ । महिलाको विकास, सशक्तिकरणमा जोड दिनुपर्छ ।’

उहाँले मानव अधिकारमाथि देखिने चुनौतिहरु सबै मिलेर समाधान गर्नुपर्ने बताउनु भयो ।