२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मरिसकेको राजतन्त्रको पछाडि नदौडन महासचिव पोखरेलको आग्रह



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मरिसकेको राजतन्त्रको पछाडि नदौडन आग्रह गर्नुभएको छ ।

जनआन्दोलनबाट फ्याँकिएको राजतन्त्र अब नेपालमा फर्कने कुनै सम्भावना नरहेको पोखरेलले स्पष्ट पार्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले राजतन्त्रको पछि दौडिएर समय खेर नफाल्न पनि आह्वान गर्नुभएको छ । ‘जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान् समयलाई खेर नफालौँ’, उहाँले लेख्नु भएको छ ।

पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने पनि स्पष्ट पार्नुभएको छ । गुनासा र असन्तुष्टि जति भए पनि यही व्यवस्थालाई बलियो बनाएर अघि बढ्नुको विकल्प नभएको पोखरेलले उल्लेख गर्नुभएको छ ।

‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्, तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन, अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो’, पोखरेलले लेख्नु भएको छ ।