१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मरिसकेको राजतन्त्रको पछाडि नदौडन महासचिव पोखरेलको आग्रह

मरिसकेको राजतन्त्रको पछाडि नदौडन महासचिव पोखरेलको आग्रह
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मरिसकेको राजतन्त्रको पछाडि नदौडन आग्रह गर्नुभएको छ ।

जनआन्दोलनबाट फ्याँकिएको राजतन्त्र अब नेपालमा फर्कने कुनै सम्भावना नरहेको पोखरेलले स्पष्ट पार्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले राजतन्त्रको पछि दौडिएर समय खेर नफाल्न पनि आह्वान गर्नुभएको छ । ‘जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान् समयलाई खेर नफालौँ’, उहाँले लेख्नु भएको छ ।

पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने पनि स्पष्ट पार्नुभएको छ । गुनासा र असन्तुष्टि जति भए पनि यही व्यवस्थालाई बलियो बनाएर अघि बढ्नुको विकल्प नभएको पोखरेलले उल्लेख गर्नुभएको छ ।

‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्, तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन, अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो’, पोखरेलले लेख्नु भएको छ ।