७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

मधानी महोत्सव : ६६ लाख खर्च हुँदा १० करोड भन्दा बढीको आर्थिक कारोबार

मधानी महोत्सव : ६६ लाख खर्च हुँदा १० करोड भन्दा बढीको आर्थिक कारोबार
अ+ अ-

रौतहट। रौतहटको मौलापुर नगरपालिका स्थित पतौराधाममा आयोजित मधानी महायज्ञको खर्च विवरण सार्वजनिक गरिएको छ । मधानी महायज्ञमा ६६ लाख २३ हजार तीन सय खर्च हुँदा १० करोड भन्दा बढीको आर्थिक कारोबार भएको नगरपालिकाले जनाएको छ ।

बिहीबार मौलापुरमा मधानी महायज्ञको खर्च सार्वजनिक गर्दै नगरपालिकाले महायज्ञ शान्तिपुर्णरुपमा सम्पन्न भएको जनाएको छ । पाँच दिनसम्म चलेको मधानी महोत्सवले मौलापुरकी गौरव बढ़ाएको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले जनाएकी छन् ।

‘मधानी महायज्ञ पाँच दिनसम्म चलेको छ । नेपाल र भारतका लाखौं दर्शनार्थीहरु पतौराधाममा आएर शिवको दर्शन गर्नुभएको छ । यसले मधानी महायज्ञ र पतौराधाम अन्तर्राष्ट्रिय स्तरमै स्थापित भएको छ’, मेयर साहले भनिन्, ‘मधानी महायज्ञमा ६६ लाख २३ हजार तीन सय खर्च हुँदा १० करोड भन्दा बढीको आर्थिक कारोबार भएको छ । स्थानीय व्यापारी, व्यवसायीहरु लाभाविन्त भएका छन् ।’

मधानी महायज्ञ भव्यरुपमा सम्पन्न गर्नमा सहयोग गर्ने र मधानी महायज्ञमा सहभागि भई साथसहयोग गर्ने सबैलाई उनले धन्यवाद व्यक्त गरेकी छन् । भगवान शिवको बरात यात्रा सहित बिभिन्न कार्यक्रम गर्दै सम्पन्न मधानी महोत्सवले पतौराधाम र मधानी महायज्ञ अन्तर्राष्ट्रिय स्तरमै स्थापित भएको उनले बताईन् । लाखौंको भिडलाई व्यवस्थापन गर्दै शान्तिपूर्ण रुपमा सम्पन्न भएको मधानी महायज्ञ षडयन्त्रकारीहरुले रोक्ने प्रयास गरे पनि उनीहरु शिवको आर्शिवादले असफल भएको उनले बताईन् ।

मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार मधानी महायज्ञमा आरती, पुजा, पुजारी तथा पुजन सामाग्रीमा ६८ हजार, रंगरोगन, मन्दिर तथा मंच सजावट, झण्डा आदीमा एक लाख ७२ हजार पाँच सय, टेण्ड, कुर्सी, लाईट, साउण्डमा नौ लाख ७१ हजार, आठ सय, प्रचारप्रसारमा दुई लाख ६० हजार, होडिंग बोर्ड, व्यानर, पोष्टरमा दुई लाख ५५ हजार, पुरातात्विक महादेव मन्दिरको एसिपी बोर्ड प्यानल सहित गोल्डेन स्टील लेटरको बोर्ड निर्माणमा एक लाख ३५ हजार खर्च भएको नगरपालिकाले जनाएको छ ।

यसैगरी भगवान शिवको बरात यात्रामा एक लाख ३० हजार पाँच सय, शिव मण्डलीलाई पुरस्कारमा एक लाख ६५ हजार, सम्मानपत्र, मायाको चिनो, आमन्त्रण सुपारी, कार्ड, प्रवेश पासमा एक लाख २९ हजार पाँच सय, कुस्ति खेलाडीहरुमा एक लाख ७६ हजार, कलाकारको पारिश्रमिक ३० लाख, अतिथिहरुको होटल बासमा एक लाख, मेस सञ्चालन (सुरक्षाकर्मी, कलाकार, खेलाडी, अतिथि एवं अन्य)मा दुई लाख ६३ हजार, कार्यक्रम स्थल तयारी तथा घेराबारमा एक लाख ३३ हजार, स्थानीय टेण्ड तथा प्रसादमा एक लाख ५० हजार, मधानी गीत तथा भिडियो निर्माणमा दुई लाख ५० हजार, नगर सरसफाईमा २४ हजार, साक्षरताको लागि सरसफाई सहित महायज्ञ उदघाटन समारोह खर्च (पुरस्कार, खाजा आदी)मा एक लाख २५ हजार र विविध खर्चमा एक लाख १५ हजार सहित ६६ लाख २३ हजार तीन सय खर्च भएको आयोजकले जनाएको छ ।

मौलापुर नगरपालिका पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित सुरु भएको मधानी महायज्ञ पाँच दिनसम्म बिभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ ।

११ फागुनमा बिभिन्न विद्यालयका विद्यार्थीहरुले शिक्षा÷साक्षारत केन्द्रीत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । १२ गते भगवान शिवको बरात यात्रा निष्केको थियो भने १३ गते शिवमन्दिरमा विशेष पुजा भएको थियो र शिवमण्डलीका बीचमा नै प्रतिस्पर्धा भएको थियो । यस्तै १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम भएको थियो । जसमा नेपाल र भारतका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए । १५ गते मधानी विशेष दंगल कार्यक्रमसंगै महाधानी महोत्सव सम्पन्न भएको हो ।

अन्तिम दिन प्राचिन खेल दंगल (कुस्ती) कार्यक्रममा नेपाल र भारतका पुरुष र महिला चर्चित पहलवानहरुको विशेष सहभागिता रहेको थियो । नेपालको बिभिन्न ठाउँका पहलवानहरु त्रिलोकी यादव, बाब हरिओम, नमर्ता, मोकतार अली अनुठा साह पतौराधामको दंगल कार्यक्रममा सहभागि थिए । यस्तै भारतको केरलाबाट कटपा पहलवान, हलचल पहलवान, उतराखण्डबाट मेन्टल पहलवान, अजगर पहलवान, भुकम्प पहलवान, जम्मु कश्मीरबाट जावेद अली, यामिन पहलवान सहभागि भएका थिए ।

यसैगरी झारखण्डबाट एप्पल पहलवान, गोरखपुरबाट खुशी पहलवान, गोपलगंज बिहारबाट पायल पहलवान, हरियाणाबाट काजल पहलवान, बंगालबाट हुकुम सिंह, धमाका पहलवान, बनारसबाट प्रिन्स पहलवान सहित स्थानीय पहलवानको समेत सहभागिता रहेको थियो ।

मधानी महायज्ञले मौलापुरको व्यापारका साथै नेपाल–भारतको सम्बन्ध समेत अझै बलियो बनाएको छ । ‘यसले दुबै देशको सम्बन्ध अझै बलियो बनाउँने विश्वास छ । मधानी महायज्ञ नेपाल–भारत सम्बन्धको सेतु बनेको छ’, मौलापुर नगरपालिकाका मेयर साहले भनिन् ।

प्रत्येक बर्ष भगवान शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण समेत हुने गरेको मेयर साहले जनाएकी छन् । नेपाल र भारतका लाखौं दर्शनार्थीहरु दर्शन गर्न यहाँ आउँने भएकाले त्यसले दुई देशको सम्बन्ध अझै बलियो बनाउँने विश्वास उनले व्यक्त गरिन् ।

मधानी महायज्ञमा निष्केको भगवान शिवको बरात यात्रालाई आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले स्वागत गरेका थिए । मधानी महोत्सवले मधानी महायज्ञ र पतौराधामलाई अन्तर्राष्ट्रिय स्तरमै स्थापित भएको साहले जनाएका छन् । कार्यक्रममा भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको मधानी विशेष सांस्कृतिक कार्यक्रममा विशेष प्रस्तुती रहेको रहेको थियो ।

यसैगरी मधानी महोत्सवमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित भोजपुरी कलाकारहरु मिंटुवा, गायक सुनील पंडित, नेपाली गायक गौरभनारायण राई, भोजपुरीका कलाकार, प्रिया सुहानी सहित स्थानीय कलाकारको समेत विशेष प्रस्तुती रहेको थियो ।