८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

देश बचाउन र भ्रष्ट नेतालाई ठेगान लगाउन जनता सडकमा आउनुको विकल्प छैन् : प्रभु साह

देश बचाउन र भ्रष्ट नेतालाई ठेगान लगाउन जनता सडकमा आउनुको विकल्प छैन् : प्रभु साह
अ+ अ-

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेताहरुले लोकतन्त्रलाई जनता ठग्ने मन्त्र बनाएको टिप्पणी गरेका छन् ।

लोकतन्त्रको नाममा नेताहरुले राज्यको ढुकुटी सिध्याएर नेपालीमाथि ऋणको भार बोकाएको र बिभिन्न भ्रष्टाचारका काण्डले मुलुक धरासायी भएको उनले बताए ।

‘अनावश्यक कर आतंकको भण्डाफोर गरौं, भ्रष्टाचार बिरुद्धको संघर्षमा सहभागि बनौं’ भन्ने मुल नाराका साथ बाराको पिपरा बजारमा आज पार्टीको सम्पन्न बारागढी गाउँपालिकाको प्रथम भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले भ्रष्टाचारले मुलुक धरासायी बन्दै गईरहेकाले मुलुक बचाउन अब जनता सडकमा आउनुको बिकल्प नभएको बताए ।

‘अहिले लोकतन्त्रको नाममा नेताहरुले लुट्ने काम गरिरहेका छन्, उनीहरुले लोकतन्त्रलाई ठग्ने मन्त्र बनाएका छन् । लोकतन्त्रको नाममा राज्यको ढुकुटी सिध्याइसकेका छन्, विदेशी ऋण नेपालीको ठाउकोमा बोकाएका छन् । यि लुटेरा नेताहरुले यती भ्रष्टाचार गरे र मुलुक नै धरासायी भईसकेको छ’, आजपा अध्यक्ष साहले भने, ‘यि भ्रष्टहरुलाई ठेगान लगाउन नेपाली जनताहरु अब सडकमा आउनुको बिकल्प छैन् । मुलुक बचाउन, भ्रष्टहरुबाट जोगाउनका लागि जनता सडकमा आउन खोजेका छन् ।’

अहिले भागबण्डा गरेर भ्रष्टाचार भईरहेको बताउदै उनले दलाल दलतन्त्रका कारण मुलुक दलदलमा फस्दै गईरहेको बताए । सरकारमा भएका दलहरुले मिलेरै भ्रष्टाचार गरिरहेको बताउदै त्यही भएर सरकारले ठुला भ्रष्टाचार काण्डको फाईल पल्टाउन नचाहेको गम्भिर आरोप उनले लगाए ।

नेपाली कांग्रेस– नेकपा (एमाले) गठबन्धनको वर्तमान सरकार पूर्णरुपमा असफल भैसकेकोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिनुपर्ने सुझाव उनले दिए । सरकारकै संयन्त्रले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन (अर्धवार्षिक रिपोर्ट कार्ड) मा प्रधानमन्त्री आँफै फेल भएको भन्दै कुन नैतिकताले सरकारको नेतृत्वमा बस्न मिल्छ भन्दै साहले प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीसहित १२ जना मन्त्रीहरुको कार्यसम्पादन रिपोर्टअनुसार ३५ प्रतिशत अंक आएको छैन् । प्रधानमन्त्री ओलीको जम्मा २८ प्रतिशतमात्रै अंक आएको छ । ‘देशको नेतृत्वकर्ता नै फेल भएपछि देश कसरी उँभो लाग्छ ? कार्यसम्पादन मूल्यांकनमा उहाँ आँफै फेल हुनुभयो, लाजमर्दो कुरा त के छ भने उहाँको क्याविनेटमा आधाभन्दा बढि मन्त्रीहरु नै फेल भएका छन् । यो फेलियरहरुको सरकार पुष्टि भैसक्यो, अनि कसरी देशमा सुशासन र विकास हुन्छ त ?’ साहले प्रश्न गरे ।

उनले सरकारले कर आतंक मच्चाएको तर जनतालाई कर तिरेबापत कुनै सेवा तथा सुविधा नदिएकोमा आक्रोश पोखे । उनले नेपाल सरकारले सञ्चालनमा ल्याएका उद्योगहरु घाटामा हुँदा सरकारले कुन मोरलले निजी क्षेत्रसँग कर लिन मिल्छ ? भन्दै प्रश्न गरे । उनले दलको आतंक रोक्नको लागि जनता अब सडकमा आउनुपर्ने आवश्यकत्ता औंल्याए ।

आजपाका जिल्ला अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा भएको बारागढी गाउँपालिका भेलामा आजपाकावरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, उमेश कुशवाहा सहितका नेताहरुको सहभागिता रहेको थियो । सो क्रममा विभिन्न पार्टी परित्याग गरि नेताहरू आजपामा प्रवेश गरेका छन् ।