२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका विरुद्धमा गलत भाष्य निर्माण गर्न खोजियो : मन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारका विरुद्धमा गलत भाष्य निर्माण गर्न खोजिएको दाबी गरेका छन् ।

मध्यविन्दु नगरपालिकामा कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सवको उद्घाटन गर्दै मन्त्री अधिकारीले सरकारका असल कामबाट आत्तिएर केही समूहले भ्रमको खेती गरेको आरोप लगाए ।

“केही समूहले प्रमुख दुई दल मिलेर बनेको सरकारले सबै कुरा बिगारेको जस्तो गरी गलत प्रचार गरेका छन्”, उनले भने । मन्त्री अधिकारीले वर्तमान सरकारले जनताको हितमा काम गर्ने प्रतिबद्धतासहित गठबन्धन गरेकाले २०८४ सालसम्ममा आर्थिक समृद्धिको आधार तय हुने बताए । अहिले देखिएको आर्थिक मन्दी अन्त्यका लागि कृषि उत्पादन वृद्धि गर्दै बजारीकरणको जिम्मा सरकारले लिनेगरी योजना बनेको उनले बताए ।

“हामी २०८४ सालसम्ममा समृद्धिको ढोका खोल्ने सङ्कल्पसहित सरकारमा आएका हौँ”, मन्त्री अधिकारीले भने, “गाउँगाउँमा समृद्धि कसरी गर्न सकिन्छ, कृषिबाट के गर्न सकिन्छ भन्नेबारे सरकार चिन्तनशील छ, पक्कै सबैले अनुभूति हुनेगरी प्रगति हुनेछ ।”

कृषकले गरेको कामको व्यवस्थापनका लागि मन्त्रालयबाट गर्न सकिने सहयोगका लागि आफू तयार रहेको मन्त्री अधिकारीले बताए । कृषकले केही आम्दानी हुने आसमा गरेको खेती बाट नाफा नै हुन्छ भन्ने नरहेकाले घाटामा जाँदा सरकारले हेर्छ है भन्ने विश्वास दिलाउन लागिपरेको उनको भनाइ थियो । रासस