१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अध्यादेशले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको छैनः अर्थमन्त्री

अध्यादेशले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको छैनः अर्थमन्त्री
अ अ+ अ-

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेश संवैधानिक व्यवस्थाकै आधारमा आएको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८१ माथि सदस्यहरुले उठाएका प्रश्नमाथि जवाफ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अध्यदेशले कानूनी व्यवस्था र राष्ट्रिय सभाको नियमावलीलाई उल्लंघन नगरेको दाबी गर्नुभयो । उहाँले अर्थ समितिमा विचाराधिन रहेको अध्यादेश फिर्ता लिने र अध्यादेश जारी गने निर्णयसँगै गरेको बताउनु भयो । उहाँले संसद नचलेको बेलामा सरकारलाई अध्यादेश जारी गर्न कुनै कानून वा नियमावलीले नरोकेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो अध्यादेश जुन बाटोबाट आएको छ, त्यो ठिक बाटोबाट आएको छ । यसले हाम्रो संविधानको व्यवस्था, कानुनको व्यवस्था र राष्ट्रिय सभाको नियमावलीको व्यवस्था कुनै चिजलाई पनि उल्लंघन गरेको छैन, अक्षरस अनुशरण गरेको छ । प्रतिपक्षिको भावानलाई प्रतिनिधित्व गर्न सकेन भन्ने लाग्ला त्यो अलग चिज हो तर संविधान कानुन र राष्ट्रिय सभाको नियमावलीभित्र रहेर त्यसलाई अक्षरस अनुसरण गरेर यो अध्यादेश आएको छ भनेर निवेदन गर्न चाहन्छु । राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक सञ्चालन नभएको अवस्थामा, सरकारले आवश्यक महशुुस ग¥यो भने अध्यादेश आउँछ । यो विधेयक अर्थ समितिमा विचाराधिन थियो, यो अलमल र अस्पष्टताको कुरा होइन । विचाराधिनमा रहेको विधेयक फिर्ता लिन सरकारले पत्राचार ग¥यो र यो विधेयक जारी गर्ने निर्णय सँगै गरेको छ । यस्तो गर्न पाइन्छ । कुनै नियम वा कानुनले यसालाई रोक्छ ।’

अर्थमन्त्री पौडेलले अहिलेको समय सिफ्टमा आधारित भएर २४ सै घण्टा काम गर्न सकिने समय भएको बताउनु भयो । उहाँले प्रतिपक्षीहरुले काम गर्ने समयका बारेमा दिन र रातको कुरा गरेर विधेयकमाथि सस्तो टिप्पणी गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘दिन र रातको कुरा गर्नुभएको छ, अहिलेको दुनियाँ २४ सै घण्टा काम गर्नसक्ने दुनियाँ हो । वर्किङ आवर सिफ्टमा ८/८ घण्टामा दुई तीन सिफ्ट काम गर्ने चलन छ । कतिबेला काम गरेको राम्रो हुन्छ? कुन मूहुर्त कुन साइतमा काम गर्ने ? राती र दिउँसोको कुरा जस्तो सस्तो टिप्पणीतिर यत्रो सम्मानित सभाका माननीय सदस्यहरुले किन समय बरबाद गर्ने ?’

उपप्रधान एवं अर्थमन्त्री पोडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन नरहेको अवस्थामा सरकारले आवश्यकताका आधारमा अध्यादेश ल्याउन सक्ने बताउनु भयो ।