१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमरेशकुमारले मागे स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका छन् ।

बिहिबार बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले स्वास्थ्यमन्त्री पौडेलको राजीनामा मागेका हुन् ।

सिनियर भएर पनि डा संगिता मिश्रलाई मधेसी भएकै कारण मन्त्रालयको सचिवमा बढुवा नगरेको भन्दै उनले मन्त्री पौडेलको राजीनामा मागेका हुन् ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले डा. विकास देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।