१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पत्रकार मर्यादित हुनुपर्छ, प्रेस स्वतन्त्रताको पक्षमा काँग्रेस दृढतापूर्वक उभिन्छः श्याम घिमिरे

पत्रकार मर्यादित हुनुपर्छ, प्रेस स्वतन्त्रताको पक्षमा काँग्रेस दृढतापूर्वक उभिन्छः श्याम घिमिरे
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रश्न सोध्दा पत्रकारहरु मर्यादित हुनुपर्ने बताउनुभएको छ ।

बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रेस स्वतन्त्रताको पक्षमा काँग्रेस दृढताका सात उभिन्छ । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कांग्रेस दृढतापूर्वक उभिन्छ । तर मर्यादित भइदिन चाहीँ म पत्रका साथीहरुलाई व्यक्तिगत तर्फबाट पनि विनम्र अनुरोध गर्दछु ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही शाहीले सरकारले मन्त्रिपरिषद्को बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने खोजेको आरोप लगाउनु भयो । उहाँले सरकारले कुलमानलाई हटाए सरकार पनि हटाउने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आजको मन्त्रिपरिषदको बैठकले हटाउन निर्णय गर्न खोज्दैछ, हामी यस्को घोर विरोध गछौँ । र सडक र सदनबाट दबाब दिनुपर्छ । सरकारलाई हामी भन्न चाहन्छौ, कुलमान हटाउँदा तपाईको सरकार पनि हट्ला है ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले विदेशमा बस्ने नेपालीलाई नागरिकतामार्फत जोड्ने प्रक्रियासँग डराएर फ्रि भिसाको कुरा गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘विदेशमा बसेका नेपालीहरुलाई नागरिकतामार्फत नेपालसँग जोड्ने प्रक्रियासँग डराएर आज सरकार फ्री भिसाको कुरा गरिरहेको छ । आज सदनमा प्रस्तुत गर्दै गरेको सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धीकेही नेपाल ऐन सम्शोधन गर्न बनेको अध्यादेशमार्फत गैरआवासीय नेपालीलाई जसलाई नागरिकता दिइएको छ । नागरिकता दिएर नेपालसँग जोड्ने प्रक्रियामा जुन कानून बनाएको छ त्यसको खिल्ली उठाउँदै उनीहरुलाई फ्री भिसाको कुरा गरिरहेको रहेछ, सरकार किन डराउँछ विदेशमा बस्ने नेपालीहरुसँग ?’

संसद सचिवालयले दुई जना पत्रकारको पास निलम्वन गर्नु अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको उहाँहरुको भनाइ छ ।