२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी लगानीसँगै विदेशी सेना आउँछ भनेर शंका नगरौँः अर्थमन्त्री



अ+ अ-

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विदेशी लगानी भित्र्याउँदैमा विदेशी सेना आउँछ भनेर कुनै शंका नगर्न आग्रह गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभामा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राष्ट्रिय आवश्यकताका आधारमा विदेशी लगानी भित्र्याएर रोजगारी सिर्जना गराउने बताउनु भयो । देशको कानूनी व्यवस्थाका आधारमा विदेशी लगानी भित्र्याउने पहल भइरहको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘ देशभित्र विदेशी लगानीका लागि अनुकुल वातावरण निर्माण गर्नुपर्छ भन्ने सरकारको मान्या हो । विदेशी लगानी खास गरी हाम्रा राष्ट्रिय हितलाई केन्द्रमा राखेर हाम्रा आवश्यकता र प्राथमिकताका आधारमा विदेशी लगानी भित्र्याउने हो । हाम्रो देशभित्र रोजगारी सिर्जना गर्ने हो । उत्पादन र उत्पदनकत्व अभिवृद्धि गर्ने, नलेज ट्रान्सफर गर्ने र देश आर्थिक रुपमा क्रमशः सबल हुँदै आत्मनिर्भर भइ अगाडि बढ्ने खालको परिस्थिति निर्माण गर्नका लागि विदेशी लगानी आमन्त्रण गर्ने हो । विदेशी लगानी ल्याउँदा सेना आउँछ आदि भन्ने आशंका गरी रहनुपर्ने जरुरत छैन । स्वभाविक रुपले हामीले हाम्रा कानूनी बन्दोबस्तमा रहेर विदेशी लगानीको पहल गर्छौं ।’

उपप्रधान तथा अर्थमन्त्री पोडेलले सरकारले ल्याएको विधेयक निजी क्षेत्रका छाता संगठन तथा युवा उद्यमीहरुले स्वागत गरेको बताउनु भयो । –