८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

एकवर्षदेखि बन्द जुम्लाकोट पशुसेवा केन्द्र पुनःसञ्चालनमा

एकवर्षदेखि बन्द जुम्लाकोट पशुसेवा केन्द्र पुनःसञ्चालनमा
अ+ अ-

जुम्ला। जुम्लाको तिला गाउँपालिका–८ स्थित जुम्लाकोट गाउँमा रहेको पशुसेवा केन्द्र सञ्चालनमा आएको छ । एक वर्षदेखि बन्द रहेको पशुसेवा केन्द्र आइतबारदेखि सञ्चालनमा आएको हो ।

पशु प्राविधिक कर्मचारी नहुँदा केन्द्र बन्दबारे ९ माघ २०८१ मा राससबाट समाचार प्रकाशन भएपछि तिला गाउँपालिकाले कर्मचारीको व्यवस्थापन गरेको छ । पालिकामा रहेको पशु विकास शाखाबाट नायब पशु स्वास्थ्य प्रविधिक वीरेन्द्रलाल महतलाई उक्त केन्द्रका लागि खटाएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।

दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या आएको हो । तीन जना पशु विकास शाखा हेर्ने कर्मचारी कार्यरतमध्ये एक जनाको अवकाश भएपछि दुई जना कर्मचारीबाट सेवा प्रवाह भइरहेको थियो । अब बन्द रहेको केन्द्रका लागि एकजना कर्मचारी पठाएपछि सेवा प्रवाह सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ । चाहिने आवश्यक औषधिको व्यवस्थापन गरेर यहाँका स्थानीयवासीको सहजका लागि गाउँमै केन्द्र सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए।

नायब पशु स्वास्थ्य प्रविधिक महतले भने “आवश्यक महत्त्वपूर्ण औषधि अभाव छ । पालिकामा रहेको पशु विकास शाखाबाट चाहिने औषधिको माग गरेको छौँ ।” उक्त पालिकाको वडा नं ८ र ९ भेडाबाख्रापालन गर्ने क्षेत्रसमेत हो । सेवा केन्द्र बन्द भएपछि यहाँका पशुपालक किसान सेवा लिनबाट वञ्चित भएका थिए ।

विसं २०७६ देखि २०८० सम्म कार्यालय सहयोगीले सेवा केन्द्र खोल्दै आएका थिए । कार्यालय सहयोगी पनि सेवानिवृत्त भएपछि केन्द्र एक वर्षदेखि बन्द थियो । सेवा केन्द्रका लागि प्राविधिक सहायक लोकसेवामार्फत माग गरिएको गाउँपालिकाले जनाएको छ । रासस