२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

‘मैथली र लिम्बू भाषालाई कामकाजको भाषा बनाउने विषयमा सरकार गम्भीर छ’

‘मैथली र लिम्बू भाषालाई कामकाजको भाषा बनाउने विषयमा सरकार गम्भीर छ’
अ अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा मैथली र लिम्बू भाषालाई प्रदेश सरकारको कामकाजको भाषा बनाउने विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।

सार्वजनिक सेवा प्रसारण सेवा नेपाल, रेडियो नेपालद्वारा आज विराटनगरमा आयोजित ‘नेपालको समावेशी आवाज रेडियो नेपाल, राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारण सवाल र भूमिका’ विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले भाषाको प्रयोगका सम्बन्धमा आवश्यक छलफल, कानुन निर्माण, लिपि खोजबिन, विकास र प्रवर्द्धनतर्फ सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

सबै जातजातिका धर्म, संस्कृति, भाषा संरक्षण गरी राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिँदै उनले कक्षा नौदेखि १२ सम्मका विद्यार्थीलाई नैतिक शिक्षा, अनुशासन र दुव्र्यसन न्यूनीकरणका लागि रेडियोमा जोड्नुपर्ने सुझाव दिए ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले विपद्को समयमा सरकारी सञ्चारमाध्यमले समाजलाई सुसूचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले मुलुकमा छरिएर रहेका विभिन्न जातजातिले बोल्ने भाषाको संरक्षणमा रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

कार्यक्रम संयोजक ताराप्रसाद वस्ती र तारणीप्रसाद कोइराला स्मृति सञ्चारगृह विराटनगरका निर्देशक पुष्करराज गौतमले सञ्चारगृहले गरेका कार्यबारे जानकारी गराएका थिए । अन्तरक्रियामा प्रदीप भगत, चन्द्र राजवंशी, सूर्यनारायण मुडियारी, उपप्राध्यापक महाप्रसाद खतिवडाले रेडियो नेपालले विभिन्न भाषामा प्रसारण गर्ने समाचारका सम्बन्धमा जिज्ञासा राखेका थिए । रासस