२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

त्रिदेशीय पर्यटनबाट नेपालले लिनसक्ने अवसर

त्रिदेशीय पर्यटनबाट नेपालले लिनसक्ने अवसर
अ अ+ अ-

काठमाडौं । नेपालमा पहिलोपटक आयोजना भएको त्रिदेशीय पर्यटन एक्स्पो (नेपाल इन्डिया चाइना एक्स्पो) नाइस–२०२५ मा नेपालको प्रवर्द्धन गरिएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने र पर्यटन प्रवर्द्धनमा समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा यही फागुन १२ देखि १४ गतेसम्म प्रदर्शनी आयोजना गरिएको थियो ।

‘प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर’ले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार सरोकारवालाको सहकार्यमा आयोजना गरेको एक्स्पोमा एक सयभन्दा बढी अन्तरराष्ट्रिय सहभागी र राष्ट्रिय पर्यटन सरोकारवालासहित १४ देशका ६ सयभन्दा बढी प्रतिनिधि सहभागी थिए । प्रदर्शनीले तीन देशका सरकारी र निजी क्षेत्रका पर्यटन तथा आतिथ्य सरोकारवाला संस्थालाई एकै थलोमा ल्याएर उनीहरूबीच व्यावसायिक अनुभवका साथै नेटवर्किङ र व्यापार अवसर उपलब्ध गराएको हो ।

त्रिदेशीय पर्यटन प्रदर्शनी नेपालमा आयोजना हुनु आफैँमा महत्त्वपूर्ण विषय भएको र यसले नेपालको पर्यटनको सम्भावना उजागर गर्न भूमिका खेलेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी बताउनुहुन्छ ।

“मुख्यत: विश्वका दुई ठूला ‘आउटबाउन्ड’ मार्केटलाई नेपालमा ल्याएर जोड्ने र पर्यटनको लाभ लिने एक्स्पोको उद्देश्य हो”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय इभेन्टहरू आयोजना गरेर नेपालको क्षमता अभिवृद्धि गर्ने पनि एक्स्पोको योजना हो । अर्को महत्त्वपूर्ण कुरा प्रतिष्ठित ट्राभल टुर अपरेटर, मिडिया र इन्फ्लुएन्सरलाई नेपालको पर्यटकीय गन्तव्यको भ्रमण गराएर नेपाल प्रवरद्धनका निम्ति उपयोगी फोरम बनेको छ ।”

सन् २०१९ मै नेपाल पर्यटन बोर्डले सन् २०२० को नेपाल भ्रमण वर्षलाई लक्षित गरेर नाइस कार्यक्रमको परिकल्पना गरेको थियो । कोरोना महामारीका कारण भ्रमण वर्ष नै स्थगन भएपछि नाइस कार्यक्रम पनि रोकिएको थियो । अहिले पाटा नेपाल, पोखरा पर्यटन परिषद्लगायत सरोकारवाला संस्थासँगको सहकार्यमा सफलतापूर्वक सम्पन्न भएको नाइस कार्यक्रमले भविष्यमा दुई ठूला छिमेकी देशबाट पर्यटकलाई नेपालमा आकर्षण गर्न कार्यक्रम सान्दर्भिक हुने सिइओ जोशी बताउनुहुन्छ ।

भारत र चीन पर्यटनको ठूलो स्रोत बजार मानिन्छन् । एक्स्पो सफलतापूर्वक सम्पन्न भएको र यसबाट नेपाल गन्तव्यको प्रवर्द्धनमा टेवा पुगेको आयोजक पाटा नेपाल च्याप्टरले शनिबार विज्ञप्तिमार्फत जनाएको छ । प्रदर्शनीले छिमेकी दुई ठूला राष्ट्र भारत र चीनबाट अधिकतम् पर्यटक भित्र्याउन योगदान गरेको पर्यटन व्यवसायीले बताएका छन् ।

यसअघि एक्स्पोको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नाइस–२०२५ ले नेपाल, भारत र चीनबीचको गहिरो ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई झल्काउने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले दुई छिमेकी राष्ट्रबीचको पुलको रूपमा नेपालको रणनीतिक भूमिका र विशाल जनसङ्ख्या तथा तीव्रगतिमा बढ्दो अर्थतन्त्रबाट फाइदा लिन सक्ने सम्भावनाबारे प्रकाश पार्नुभयो ।

मन्त्री पाण्डेले पूर्वाधार सुधार, नेपालको अन्तरराष्ट्रिय विमानस्थलका चुनौती समाधान, युरोपेली सङ्घ (इयू) को हवाई सुरक्षा प्रतिबन्धलाई सम्बोधन गर्ने, भिसा प्रक्रियालाई सुव्यवस्थित गर्ने, कनेक्टिभिटी अभिवृद्धि र विश्वस्तरको पर्यटन सेवा सुनिश्चित गरी पर्यटन उद्योगलाई बलियो बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले यस प्रदेशको अथाह पर्यटकीय सम्भावनाको उजागर गर्न र विदेशीलाई आकर्षित गर्न कार्यक्रम उपयोगी भएको बताउनुभयो । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाले पनि नाइसले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताउनुभयो ।

यस्तै, पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाईले दुई ठूला स्रोत बजार भारत र चीनलाई सदुपयोग गरेर नेपाललाई प्रमुख गन्तव्यका रूपमा स्थापित गरिनुपर्नेमा जोड दिनुभयो । प्यासिफिक एसिया ट्राभल एशोसिएसन ९पाटा० का सिइओ नूरअहमद हमिदले एक्स्पो आयोजना गरेकामा नेपाललाई बधाई दिँदै रणनीतिक गठबन्धनलाई बढावा दिन र पर्यटन क्षेत्रमा नयाँ अवसर खोज्न कार्यक्रमले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । रासस