२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

पर्यटनको सम्भावना बोकेको घाङ्चो छहरा ओझेलमा

पर्यटनको सम्भावना बोकेको घाङ्चो छहरा ओझेलमा
अ अ+ अ-

रामपुर, (पाल्पा) । बाह्रै महिना पानी झरिरहने पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर र बेलौजीको गाउँको बीच भागमा अवस्थित घाङ्चो छहरा हेर्दै मनमोहक छ । यसलाई मगर भाषामा घाङ्चो छहरा भनिन्छ । तर जनजिब्रोमा भने मगर भाषामै घाङ छहर अर्थात् नेपालीमा अग्लो झरनाका नामले चिनिन्छ ।

यहाँ पुग्ने जोकोही पनि झरनाको पानीमा नुहाउने र मज्जा लिने गर्छन् । यहाँसम्म पुग्न सडक यातायात पूर्वाधार तथा प्रचारप्रसारलगायतको अभावमा भने यो ओझेलमा परेको छ । बहपुरका तेजन सुनारी पाखापखेरामा घाँसदाउरा होस् या गोठालो जाँदा झरनाको आवाजले मन नै फुरुङ्ग बनाउने गरेको बताउनुहुन्छ । हिउँदयाममा पनि पानी कहिल्यै नसुक्ने उक्त झरना मनमोहक रहेको उहाँले बताउनुभयो ।

“गर्मीयाममा अग्लो छाँगोबाट झरिरहेको झरनाको पानीमा नुहाउन र मज्जा लिने गरिन्छ, यहाँ गर्मीयाममा पनि पानी सुक्दैन”, सुनारीले भन्नुभयो, “यसको प्रचारप्रसारको आवश्यकता छ, यहाँसम्म आवतजावत गर्न पूर्वाधार विकास नहुँदा झरना गुमनाम बनेको छ, यो पर्यटक भित्र्याउने माध्यम बन्नुपर्छ ।”

पर्यटनको सम्भावना बोकेको सो झरनालाई पर्यटकीय पूर्वाधार विकाससँग जोडे यो पर्यटकीय गन्तव्यस्थल बन्छ । करिब ३० मिटरभन्दा बढी उचाइ रहेको सो झरना २० मिटरसम्म फैलिएको छ । झरनासम्म पुग्ने बाटो सहज नहुँदा पर्यटकको चहलपहल न्यून छ ।

बहपुर र बेलौजी गाउँसम्म सडक सुविधा पुगेको छ । बहपुर गाउँबाट करिब १० मिनेट र बेलौजी गाउँबाट १५ मिनेटको पैदलयात्रा गरेपछि उक्त झरनामा पुगिन्छ । झरनालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न निस्दी गाउँपालिकाले पहलकदमी थालेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बहपुरगाउँबाट झरनासम्म पैदलमार्ग बनाउन थालिएको छ । अब त्यहाँसम्म पुग्न पैदलमार्ग ९सिँढी० निर्माण गरिँदै छ । झरनासम्म सडक विस्तार गर्न पैदलमार्ग तयार गरिएको निस्दी–५ का वडाध्यक्ष दुर्गाबहादुर सोमैले बताउनुभयो । चालु आर्थिक वर्षमा झरनाको प्रवर्द्धन र पर्यटन विकास गर्न रु एक लाख बजेटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । अग्लो स्थानबाट बेगले झरेको झरनाबाट मनलाई आनन्दित बनाउँछ । रासस