२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

आलु खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान

आलु खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान
अ अ+ अ-

मध्यविन्दु, (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ का मायाराम महतोलाई गत वर्षसम्म एक बिघा जमिनको आलु खन्न २० जना खेताला जम्मा गर्नु पर्दथ्यो । तर अहिले एक बिघा क्षेत्रफलको आलु उहाँ एक्लैले एकै दिनमा सकिसक्नु हुन्छ ।

लामो समय अर्म–पर्म गरेर आलु खेती गर्नुभएका मायारामले गत वर्षदेखि घरमै पावर टिलर (हाते ट्याक्टर) किनेर खेती गर्दै आउनुभएको छ । सामूहिक रूपमा आलु खेती गर्ने भएको हुँदा गत वर्ष कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदानमा उहाँले पावर टिलर किनेको बताउनुभयो ।

“स्वदेशमा नै कृषि गर्ने भनेर विदेशबाट फर्किएको थिए तर धेरै मानिस खोजेर काम गर्नु पर्दा निकै समस्या भएको थियो । तर अहिले पावर टिलरको सहायताले आलु रोप्नेदेखि निकाल्दासम्म सजिलो भएको छ । हप्ता दिनसम्म लाग्ने गरेको काम एक दुई दिनमै सकिन्छ,” उहाँले भन्नुभयो ।

नन्दपुर बहुउद्देश्यीय कृषक समूह मध्यविन्दु–२ को अध्यक्षसमेत रहनुभएका मायारामले प्रविधिको सहायताले नै १५ बिघा जमिनमा सामूहिक आलु खेती गरिएको बताउनुभयो । प्रविधिको सहयोगले गर्दा थोरै जनशक्तिबाट धेरै काम गर्न सकिने भएकाले आर्थिक बचतसमेत भएको किसान मायारामले बताउनुभयो ।

“पहिले हामी आफैँ आलु लगाउने ड्याम बनाउने, गोडमेल गर्ने, आलु निकाल्ने गर्दथ्यौँ, धेरै मान्छे र समय लाग्दथ्यो,” उहाँले भन्नुभयो, “अहिले हाते ट्याक्टरको सहायताले सबै काम गर्दछौँ सहज भएको छ ।”

कृषि प्रविधिले खेती गर्न सहज भएपछि नन्दपुर बहुउद्देश्यीय कृषक समूहले आलु खेतीको क्षेत्रफल पनि विस्तार गरेको छ । सुरुमा दुई बिघा जमिनमा गरिएको आलु खेती अहिले १५ बिघा पुर्‍याइएको छ भने आगामी वर्ष २० बिघामा गर्ने योजना रहेको मायारामले जानकारी दिनुभयो ।

मध्यविन्दु –२ कै रमेश थनेत थारु पनि पछिल्लो समय प्रविधिका माध्यमबाट खेती गर्दै आउनुभएको छ । लामो समयसम्म कुटो कोदालोको प्रयोग गर्दै आउनुभएका रमेश प्रविधिको माध्यमबाट खेती गर्न सहज भएको बताउनुहुन्छ । सबै काम श्रमबाट मात्र गर्दा समय बढी लाग्ने र मिहिनेत धेरै लाग्ने गरे पनि प्रविधिको सहयोगमा कम समयमै धेरै खेती गर्न सकिने उहाँ बताउनुहुन्छ ।

“धान, तोरी, गहुँ खेतीमा कृषि यन्त्रको प्रयोग गर्ने गरिएको भए पनि आलु खेतीमा सबै काम मान्छेले नै गर्ने गरेका थियौ”, उहाँले भन्नुभयो, “अहिले आलु उत्पादन गर्न धेरै सहज भएको छ, थोरै मान्छेले धेरै खेती गर्न सकेका छौ ।”

मायाराम र रमेशजस्तै पछिल्लो समय जिल्लामा धेरै किसानले कृषि यन्त्र प्रयोग गरेर आलु खेती गर्दै आएका छन् । अन्न वालिमा मात्रै कृषि यन्त्रको प्रयोग हुँदै आएकोमा केही वर्षदेखि तरकारी खेतीमा पनि कृषि यन्त्रको प्रयोग बढेको हो ।

पछिल्लो समय पावर ट्रेलर, ट्याक्टर, मिनी ट्रेलर को सहायताले तरकारी खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । कृषिमा आधुनिक प्रविधिका औजार भित्रिएसँगै धेरै किसानले सहजरूपमा कृषि उत्पादन गर्ने गरेको तिवारीको भनाइ छ । परम्परागत शैलीमा खेतीपाती गर्ने किसान पछिल्लो समय प्रविधितर्फ आकर्षित भएको उहाँले बताउनुभयो ।

“जिल्लामा पछिल्लो समय तरकारी खेतीका लागि कृषि यन्त्रको प्रयोग बढेको छ । धेरै जसो किसानले कुटो कोदालोको सट्टा हाते ट्याक्टरको प्रयोग गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “मानवीय श्रमको भरमा खेती गर्दै आएका किसान पछिल्लो समय प्रविधिमा जोडिएसँगै थोरै किसानले धेरै क्षेत्रफलमा खेती गर्न सक्ने भएको देखेका छौँ ।”

कृषि ज्ञान केन्द्रमार्फत कृषकलाई कृषि यन्त्रमा विभिन्न खाले अनुदान दिँदै आएको प्रमुख तिवारीले जानकारी दिनुभयो । परम्परागतरूपमा खेती गर्दै आएका किसानलाई पछिल्लो समय प्रविधिमैत्री बनाउँदै लगेपछि काममा सहजतासँगै उत्पादनसमेतमा राम्रो हुँदै गएको उहाँले बताउनुभयो ।

“पहिले किसान परम्परागत रूपमा धेरै दिन र मेहनत लगाएर खेती गर्ने गरेका थिए, तर अहिले प्रविधिले गर्दा थोरै समयमा धेरै खेती गर्न सफल हुनुभएको छ”, उहाँले भन्नुभयो, “प्रविधिले गर्दा थोरै जनसङ्ख्याबाट पनि धेरै खेती गर्ने र उत्पादन लिन सकिने भएको छ ।” रासस