काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ ।
शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ ।
निगमले भारतबाट आएको नयाँ मुल्य अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएको जानकारी दिएको छ ।











