७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

चितवनमा ‘बेबी कर्न’ को जातीय परीक्षण सुरु

चितवनमा ‘बेबी कर्न’ को जातीय परीक्षण सुरु
अ+ अ-

चितवन। तरकारी खाने मकै (बेबी कर्न) को जातीय परीक्षण सुरु गरिएको छ। पूर्वी चितवनको कालिका नगरपालिकामा यो परीक्षण सुरु गरिएको हो।

कालिका नगरपालिका–१ मा करिब तीन कठ्ठा जग्गालाई १४ वटा प्लटमा विभाजन गरी सात प्रजातिका बेबी कर्नको जातिय परीक्षण सुरु गरिएको कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले जानकारी दिइन्।

उनका अनुसार सिपी ८०८, जेकेएमएच ५०२, रामपुर हाइब्रिड १०, १२ र १६, एमएम ११०७ र राजकुमार जातका मकैको जातिय परीक्षण सुरु गरिएको हो। अन्य मकैको खेती गर्दै आएका किसानलाई लक्षित गर्दै यो परीक्षण सुरु गरिएको हो।

स्थानीय विवस भट्टको जग्गामा यी जातका बेबी कर्नको परीक्षण सुरु गरिएको हो। जहाँ जातीय परीक्षण, झारपात व्यवस्थापन र मलखाद व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरिने छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका सहप्रध्यापक डा. माधवप्रसाद न्यौपानेले यहाँ परीक्षण गर्न लागिएका सात जातमध्ये ६ वटा जातको परीक्षण पहिलो पटक गर्न लागिएको बताए। उनले भने, ‘यसअघि रामपुर हाइब्रिड १० को कृषि तथा वन विज्ञान विश्व विद्यालयमा परीक्षण गरिएको थियो।’

यो मकैको कलिलो खोयालाई तरकारी र सलादको रुपमा प्रयोग गर्न सकिने छ। यो मकैप्रति हेक्टर क्षेत्रफलमा एक लाख २५ हजार बिरुवा लगाउन सकिने उहाँले जानकारी दिए। लगाइएको ५० देखि ७० दिनमा उत्पादन लिई सक्नुपर्ने उनले बताए।

यो मकै भाँच्ने समयमा ध्यान दिन नसके खान मिल्ने कलियो खोया कडा रुपमा परिणत हुने भएकाले उनले सतर्कतापूर्वक परीक्षण गर्न लागिएको बताए। एकपटक लगाएको बिरुवाबाट चार पटकसम्म उत्पादन लिन सक्ने भएकाले अर्को मकैको ठाउँमा यो मकै कृषकका लागि उत्तम हुने उनले जानकारी दिए।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले प्रदेश सरकारको स्वीकृत कार्यक्रमअनुसार चितवनमा पहिलो पटक परीक्षणका रुपमा खेती सुरु गरिएको बताए। प्रसारका कार्यक्रम अन्तर्गत प्रविधिको प्रयोग र नयाँ उत्पादनको खोजी गरिएको उनले बताए।

कृषि तथा वन विज्ञान विश्वविद्यालय र कृषि विकास कार्यालयको सहकार्यमा उन्नत प्रविधि प्रदर्शनीअन्तर्गत यो परीक्षण गरिएको हो। उनले भने, ‘यो बीउ परीक्षणले जिल्लामा कुन जात सफल हुन्छ भन्ने कुरालाई अनुसन्धानका लागि सहयोग पुग्ने छ।’ परीक्षणले किसानलाई जात सिफारिस गर्न सहज हुने उनको भनाइ छ। रासस