७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

मनाइयो ४३औँ मगर सङ्घ दिवस

मनाइयो ४३औँ मगर सङ्घ दिवस
अ+ अ-

दमौली। १५ फागुनः मगर सङ्घ स्थापना भएको भूमिमा ४३औँ मगर सङ्घ स्थापना दिवस मनाइएको छ । विसं २०३९ फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लाङ्घाली परिवार सङ्घको स्थापना भएको थियो । सोही दिनलाई मगर सङ्घले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

तनहुँ देशभरिमा सबैभन्दा धेरै मगरजाति बसोबास गर्ने जिल्लाका रुपमा चिनिन्छ । विसं २०३९ मा मगर सङ्घको पहिलो महाधिवेशन भए तापनि त्यस अघिदेखि नै मगरहरु विभिन्न ढङ्गले सङ्गठित हुँदै आएका थिए । विसं २०३९ फागुन १४, १५ देखि १६ गते तनहुँको दमौलीमा पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीचमा हजारौँ मगर समुदायको उपस्थितिमा ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को ऐतिहासिक प्रथम महाधिवेशन भव्यताका साथ सम्पन्न भएको थियो । विसं २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ लाई नाम परिवर्तन गरी ‘नेपाल मगर सङ्घ’ मा रूपान्तरण गरेको थियो ।

मगर सङ्घ स्थापनाको ४३औँ वर्षको अवसरमा तनहुँको दमौलीमा आज विविध कार्यक्रमसहित मगर सङ्घ स्थापना दिवस मनाइएको छ । दिवसका अवसरमा तनहुँका दशवटै पालिकाले आज सार्वजनिक बिदा दिएका थिए ।

दमौलीस्थित खुला मैदानमा आयोजित कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका सांसद एवं पूर्वअर्थमन्त्री जीतप्रकाश आलेले मगर समुदायको चेतनास्तर बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले मगर जाति सङ्गठित भएर अगाडि बढ्नुपर्ने बताउँदै भाषा, संस्कृति संरक्षणका लागि सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

मगर सङ्घ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवं मगर सङ्घका केन्द्रीय निर्वाचन समिति संयोजक सिद्धान्त थापा मगरले समाज रुपान्तरणमा मगर समुदायको भूमिका अग्रणी रहँदै आएको बताउनुभयो ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले मगर समुदाय संस्कृति संरक्षणमा अब्बल रहेको धारणा राख्नुभयो । नेकपा (माओवादी) केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य मदन आलेले मगर समुदाय देशको मूल प्रवाहबाट पछाडि परेको बताउनुभयो । घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जातीय उत्थानका लागि मगर समुदाय एकजुट हुनुको विकल्प नरहेको चर्चा गर्नुभयो । रासस