४ पुष २०८२, शुक्रबार
,
Latest
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिर्दिबासको बगरमा पतेरा टिप्नेको भीड



अ+ अ-

गोरखा। जिल्लाको उत्तरी क्षेत्रको चुमनुव्री गाउँपालिका–३ स्थित सिर्दिबासको बगरमा पतेरा (किरा) टिप्नेहरूको भीड लागेको छ।

आज बिहानदेखि गाउँमा एकाएक पतेरा आएपछि बूढीगण्डकी नदीको बगरमा यो टिप्नेको भीड लागेको स्थानीय कुमारी गुरुङले जानकारी दिइन्। ‘सिर्दिबास र फिलिम जोड्ने पुलमूनि आज बिहानदेखि पतेरा देखापरे, त्यसपछि गाउँलेहरू एकाएक टिप्न गए,’ उनले भनिन्, ‘बगरमा पतेरा किनबेचसमेत हुन थालेको छ।

बिहान प्रतिकिलो रु दुई हजारमा किनबेच भएकामा दिउँसो प्रतिकिलो तीन हजारमा कारोबार भयो।’ उक्त पतेरा कसले, कहाँ र के प्रयोजनका लागि लैजान लागेको हो भन्नेबारे केही थाहा नभएको स्थानीय बताउँछन्।

उनका अनुसार एक जनाले दुईदेखि तीन केजीसम्म पतेरा टिपेका छन्। सो वडाका वडाअध्यक्ष रामकुमार गुरुङले पनि गाउँको बगरमा एकाएक पतेरा आएपछि गाउँलेहरू टिप्न गएको बताउँछन्।

‘यसरी मान्छेहरू गएका छन् भन्ने कुरा दिउँसो मात्र थाहा पाएँ तर किन र कहाँ लैजाने भन्नेबारे पत्ता लगाउन सकेको छैन’, उनले भने। टिप्न जानेहरूले तरकारी हुन्छ रे भनेर सुनाएको उनको भनाइ छ। यस विषयमा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)मा समेत जानकारी गराइएको उनको भनाइ छ। यसक्षेत्रमा ठूलो सङ्ख्यामा पतेरा आएको पहिलो पटक भएको वडाअध्यक्ष गुरुङ बताउँछन्।

‘पहिला गाउँमा खुसार्नीका बोटमा एक–दुई वटा पतेरा लागेको थाहा थियो, अहिले बूढीगण्डकीको किनारभरि पतेरा छ। कहाँबाट आयो थाहा भएन’ उनले भने।रासस