४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट



अ+ अ-

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच आज भेटघाट भएको छ ।

भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एवं एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट रु एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट रु एक लाख गरी रु दुई लाख हस्तान्तरण गरियो ।

सो अवसरमा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, युवासङ्घका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी हुनुहुन्थ्यो । राष्ट्रिय युवासङ्घ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप यही फागुन २० गते समापन हुनेछ । प्रतियोगिताका विजेताले रु १५ लाख ११ हजार एक सय ११, दोस्रो टोलीले रु पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।