२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि सिनेमा घरमा ‘फेरि रेशम फिलिलि’



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘फेरि रेशम फिलिलि’ बुधवारदेखि प्रदर्शनमा आएको छ ।

सिनेमा आर्टसको ब्यानरमा बनेको चलचित्रको ‘फेरि रेशम फिलिलि’ महाशिवरात्रीको अवसर पारेर देशभर प्रदर्शनमा आएको छ । चलचित्रको मंगलवार साँझ ‘ग्राण्ड प्रिमियर’ समेत गरिएको छ । ललितपुरमा सम्पन्न प्रिमियर चलचित्रका कलाकारदेखि तथा अन्य थुप्रै कलाककर्मीहरुको सहभागिता रहेको थियो ।

चलचित्रले प्रिमियर शोमा निकै सकारात्मक प्रतिक्रिया पाएको छ । शोपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अभिनेता तथा निर्देशक अशोक शर्माले चलचित्र एकदमै रमाईलो रहेकोले दर्शक एकछिन पनि बोर नहुने प्रतिक्रिया दिनुभयो । उहाँले नेपाली युवाहरुमा विदेश जाने हुटहुटी रहेको बेलामा चलचित्र ‘फेरि रेशम फिलिलि’ले राम्रो सन्देश दिएको बताउनु भयो ।

उहाँले चलचित्र हेरिदिनका लागि समेत सबै दर्शकहरुलाई आग्रह गर्नुभयो । अभिनेत्री ऋचा शर्माले शर्माले चलचित्रका कलाकारहरुको अभिनयको प्रशंसा गर्नुभयो । उहाँले चलचित्र समग्रमा राम्रो बनेकोले कोही दर्शन पनि बोर नहुने प्रतिक्रिया दिनुभयो ।

चलचित्रलाई निरज महर्जनले निर्देशन गर्नुभएको हो । फिल्ममा विनय, सुपुष्पा, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो फिल्ममा ‘रेशम फिलिली’ का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।