७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

हामी सबै एउटै डुङ्गामा छौं- अध्यक्ष ढकाल

हामी सबै एउटै डुङ्गामा छौं- अध्यक्ष ढकाल
अ+ अ-

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार, राजनितिक दल, प्रशासन र निजी क्षेत्र एउटै डुङ्गाका यात्री भएको उल्लेख गर्दै अर्थतन्त्र सुधारको लागि सबै पक्ष गम्भीर बन्नु पर्ने बताउनु भएको छ ।

संङ्घीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार आयोजना गरेको “संङ्घीय संरचनामा लगानी प्रवर्द्धन, सम्भावना, चुनौती र निजी क्षेत्रको अपेक्षा” विषयका कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीको पर्याप्त सम्भावना भएपनि सोही अनुरुपको समग्र वातावरण नहुदा राज्यले प्रतिफल पाउन नसकेको बताउनु भयो ।

उहाँले देश विकासका लागि लगानी प्रवर्द्धन आवश्यक रहेको र यसका लागि लागि सबै राजनीतिक दल, प्रशासन संयन्त्र र निजी क्षेत्र उत्तिकै जिम्मेवार हुनु पर्ने धारणा राख्नु भयो । “ सरकार, राजनितिक दल, प्रशासन र निजी क्षेत्र हामी एउटै डुङ्गाका यात्री हौं । डुङ्गामा क्षति पुग्दा एउटा पक्ष सुरक्षित र अर्को असुरक्षित भन्ने हुँदैन् । यसकारण देशको अर्थतन्त्र बलियो बनाउन हामी सबै उत्तिकै जिम्मेवार छौं र हुनु पर्दछ । ” उहाँले भन्नु भयो ।

उहाँले २०७२ सालको संविधानले नेपाललाई एकात्मक प्रणालीबाट संघात्मक पद्घतिमा रुपान्तरित गरि शासन संचालनको स्वायत्तता, सहभागिता र जवाफदेहीताको परिकल्पना गरेपनि तीनै तहका सरकारहरु सोही अनुरुप चल्न नसकेको बताउनु भयो । अध्यक्ष ढकालले लगानी प्रवर्द्धनका लागि राजनीतिक एवं नीतिगत अस्थिरता, संघीय सरकारका तहहरूवीचको अन्तरसम्बन्ध र समन्वयको अभाव, निजी क्षेत्र प्रोत्साहन गर्ने कार्यक्रमको कमी, विकास आयोजनामा अवरोध मुख्य चुनौती रहेको बताउनु भयो ।

लगानी प्रवर्द्धनका लागि प्रशासनिक सरलता र पारदर्शिता र सबै तहबाट लगानीको सुरक्षाको ग्यारेन्टी आवश्यक भएको बताउँदै उहाँले सरकार वा निजी क्षेत्रबाट प्रवर्धित पुर्वाधार एवं विकास परियोजना निर्वाध रुपमा संचालन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिनु भयो ।

यस्तै उहाँले तीनै तहका सरकार राजस्व केन्द्रित हुनु, व्यवसाय दर्ता नविकरण एवं अन्य सेवा प्रवाह चुस्त नहुनु औद्योेगिक व्यवसाय ऐनमा एकरुपता नहुने जस्ता समस्याले गर्दा अपेक्षा अनुरुप लगानी र व्यवसाय प्रवर्द्धन हुन नसकेको धारणा राख्नु भयो ।

अध्यक्ष ढकालले लगानीमैत्री वातावरणका लागि निजी क्षेत्रलाई प्रोत्साहन, लगानी आकर्षित गर्न प्रतिष्पर्धा, व्यवसाय दर्ता नविकरण एवं राजश्व बुझाउन डिजिटल माध्यमको प्रयोग, नागरिक एपमा व्यवसाय सम्बन्धि आइकन थपि सम्पुर्ण सुबिधा दिनुपर्ने बताउनु भयो ।

उहाँले लगानी प्रवर्द्धनका लागि केन्द्रको औद्योगिक व्यवसाय ऐनमा थप सुविधा दिने, घरेलु उद्योगलाई उद्योग वाणिज्य संघहरुसंग समन्वयमा सेवा विस्तार गर्नुपर्ने समेत बताउनु भयो ।