७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नेपालमै पहिलो पटक मौलापुरको पतौराधाममा शिवपार्वतीको भव्य बरात यात्रा

नेपालमै पहिलो पटक मौलापुरको पतौराधाममा शिवपार्वतीको भव्य बरात यात्रा
अ+ अ-

रौतहट। रौतहटको मौलापुर नगरपालिकाको पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजित मधानी महायज्ञको आज विशेष पुजा सम्पन्न भएको छ ।

मधानी महायज्ञको आज तेस्रो दिन विशेष पुजा भएको हो । मौलापुर नगरपालिकाको आयोजना भईरहेको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ । तेस्रो दिन बिभिन्न शिवमण्डलीका बीच नै कडा प्रतिस्पर्धा भएको छ । मधानी महोत्सव हेर्नेको भिड लागेको छ । नेपाल र भारतका दर्शनार्थीहरु पतौराधाममा मधानी महायज्ञ हेर्न आएका छन् ।

‘मधानी महायज्ञको आज तेस्रो दिन हो । विशेष पुजा गर्दै सम्पन्न भएको छ । बुधबार विशेष सांस्कृतिक कार्यक्रम र बिहिबार प्राचिन खेल दंगसंगै सम्पन्न हुन्छ । मधानी महायज्ञमा नेपाल सहित भारतका दर्शनार्थीहरुको भिड लागेको छ । यसले दुबै देशको सम्बन्ध अझै बलियो बनाउँने विश्वास छ । मधानी महायज्ञ नेपाल–भारत सम्बन्धको सेतु बनेको छ’, मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले भनिन् ।

प्रत्येक बर्ष भगवान शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण समेत हुने गरेको मेयर साहले जनाएकी छन् । नेपाल र भारतका लाखौं दर्शनार्थीहरु दर्शन गर्न यहाँ आउँने भएकाले त्यसले दुई देशको सम्बन्ध अझै बलियो बनाउँने विश्वास उनले व्यक्त गरिन् ।

सोमबार भगवान शिवको बरात यात्रा निष्केको थियो । नेपालमै पहिलो पटक पतौराधाममा भगवान शिवको बरात यात्रा निष्केको छ । भगवान शिवको वरात यात्रामा हजारौंको सहभागिता रहेको थियो । बसहामा शिव सवार रहेको सो बरात यात्रामा भगवान ब्रह्मा, बिष्णुसंगै ५६ कोटदेवता सहित बोमवम कवरियाका साथै स्थानीयहरु सहभागि रहेका थिए ।

मौलापुर नगरपालिका पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित सुरु भएको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ । फागुन ११ गतेदेखी सुरु भएको मधानी महायज्ञ १५ गतेसम्म चल्नेछ ।

११ फागुनमा मौलापुर नगरपालिकाका मेयर साहको अध्यक्षतामा उद्धघाटन भएको मधानी महोत्सवमा बिभिन्न विद्यालयका विद्यार्थीहरुले शिक्षा÷साक्षारत केन्द्रीत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । १२ गते भगवान शिवको बरात यात्रा निष्केको थियो भने १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।

आयोजकका अनुसार प्रत्येक बर्ष जस्तै यस बर्ष पनि मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउदैछन् । हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा हुने विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यसैगरी मधानी महायज्ञमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), सदाम हुसेन (कलाकार), रचना सिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको समेत सहभागिता हुदैछ ।