२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिले विवाह गर्दैछन् अस्मिता र महेश ?



अ+ अ-

काठमाडौँ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले यही महिना विवाह गर्ने भएका हुन् ।

निकट स्रोतका अनुसार यो जोडी विवाहको तयारीमा रहेको र यही फागुन २२ गते विवाह गर्न लागेको बताइन्छ ।

यो जोडीले गत असारमा कन्सर्टको सिलसिलामा दुबई पुगेका बेला त्यहीँ इन्गेजमेन्ट गरेका थिए ।

अस्मिता र महेश दुवै सांगीतिक क्षेत्रमा चर्चामा छन् ।