२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्स्पेक्टर सन्तोषीको मृत्यु प्रकरणमा इन्स्पेक्टर जोशी पक्राउ



अ+ अ-

काठमाडौँ । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् ।

परिवारले दिएको आत्महत्या दुरुत्साहनमा किटानी जाहेरीका आधारमा अनुसन्धानको लागि इन्स्पेक्टर जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए ।

पक्राउ परेका इन्स्पेक्टर भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत छन् । सन्तोषीका परिवारले सोमबार जोशीविरुद्ध उजुरी दिएका थिए । सन्तोषी र उनी प्रेम सम्बन्धमा रहेका बताईएको छ ।

इन्सपेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।