२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

भोजपुरको विकट ‘लुङ्थुङ’मा स्वास्थ्य एकाइ स्थापना

भोजपुरको विकट ‘लुङ्थुङ’मा स्वास्थ्य एकाइ स्थापना
अ अ+ अ-

भोजपुर। भौगोलिक रुपमा विकट रहेको भोजपुरको हतुवागढी ४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले यहाँ सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको हो ।

स्वास्थ्य एकाइ स्थापनाले यहाँका करिव तीन सय घरपरिवार लाभान्वित बनेका छन् । लुङ्थुङका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह थालिएको हतुवगढी ४ खैराङका अध्यक्ष चन्द्रबहादुर विष्टले जानकारी दिए।

स्थानीयबासीलाई समान्य स्वास्थ्य सेवा लिनसमेत समस्या भएपछि वडाको पहलमा स्वास्थ्य एकाइ स्थापना गरिएको वडाध्यक्ष विष्टले बताए। “लुङ्थुङ भौगोलिक रुपमा विकट र निकै ठूलो भूगोल छ”वडाध्यक्ष विष्टले भने,“यहाँ स्वास्थ्य संस्था नहुँदा सामन्य स्वास्थ्य सेवा लिन पनि घण्टौँ हिड्नु पर्ने अवस्था थियो । नागरिकले भोगेको सास्तीलाई ध्यानमा राखेर स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह गरेका हौँ ।”

गाउँ नै स्वास्थ्य एकाइ स्थापना भएपछि स्थानीय खुसी भएका छन् । सामान्य प्राथमिक स्वास्थ्य उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेकोमा स्वास्थ्य एकाइ स्थापनाले सहजता भएको स्थानीयबासी तिर्थाकुमारी राईले बताइन्।

“गाउँ नै स्वास्थ्य एकाइ स्थापनाले सहजता थपिएको छ” उनले भनिन्,“हामीले आधारभूत स्वास्थ्य सेवा पाउन नै कठिन थियो । यहाँ नै सेवा लिन पाउँदा खुसी लागेको छ । बीच गाउँमा नै स्वास्थ्य संस्था स्थापना भएपछि सेवा लिन सहज छ । ”

स्वास्थ्य एकाइ स्थापनाले विरामी हुँदा सिटामोल तथा जीवनजल लिनको लागि घण्टौँ धाउनु पर्ने अवस्थाको अन्त्य भएको स्थानीयबासी मानबहादुर राईले बताए। स्वास्थ्य एकाइ स्थापनाले वर्षौँदेखी स्थानीयले भोग्दै आएको समस्याको अन्त्य भएको उनको भनाइ छ ।
“नजिकमा स्वास्थ्य संस्था नहुँदा लामो समयदेखी समस्या भोग्दै आएका थियौँ” उनले भने,“अहिले गाउँमा नै स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ । अव समान्य विरामी हुँदा घण्टौँ लगाएर अन्यत्र जानु पर्ने समस्या हटेको छ ।”

नागरिकलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न योजनाबद्ध रुपमा काम भईरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याएर नागरिकलाई सेवा प्रवाह थालिएको अध्यक्ष राईको भनाइ छ ।

खैराङका साविकका वडाहरु २, ३, ४, ५ र ६ का स्थानीयलाई लक्षित गरेर लुङ्थुङमा सामुदायिक स्वास्थ्य इकाईमार्फत सेवा प्रवाह थालिएको अध्यक्ष राईले बताए। रासस