२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

‘हब’ र ‘स्याटेलाइट’ अस्पतालको विपद् तयारी प्रणालीलाई सुदृढ बनाउन ‘टेबलटप अभ्यास’

‘हब’ र ‘स्याटेलाइट’ अस्पतालको विपद् तयारी प्रणालीलाई सुदृढ बनाउन ‘टेबलटप अभ्यास’
अ अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘टेबलटप अभ्यास’ धनगढीमा सम्पन्न भएको छ ।

विपद् तयारी र प्रतिकार्य प्रणालीलाई चुस्त एवं सुदृढ बनाउन सुदूरपश्चिम प्रदेशमा चयन गरिएका ‘हब’ र ‘स्याटेलाइट’ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सो अभ्यासमा सहभागिता रहेको थियो ।

मन्त्रालयले सेती प्रादेशिक अस्पताल धनगढीलाई ‘हब’ अस्पताल चयन गरेको छ । अभ्यासमा भूकम्पका कारण उत्पन्न भएको सामूहिक घाइतेको अवस्थाको प्रतिरूपण गरी अस्पतालको ठूला आपत्कालीन घटना व्यवस्थापन गर्न तयारी अवस्थाको मूल्याङ्कन गरिएको मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापन गर्न चयन गरिएका ‘हब’ र ‘स्याटेलाइट’ अस्पतालका मुख्य गतिविधि, निर्वाह गर्नुपर्ने भूमिका, सक्रियता, ‘ट्रायज’, बिरामी व्यवस्थापन, स्रोत साधनको वितरण, ‘हब’ र ‘स्याटेलाइट’ अस्पताल ‘नेटवर्क’ तथा आपत्कालीन सञ्चालन केन्द्रबीचको समन्वयसम्बन्धी छलफल समेत सो अभ्यासमा समावेश गरिएको थियो ।

प्रवक्ता डा बुढाथोकीले टेबलटप अभ्यासको उद्देश्य विद्यमान योजनाका कमजोरी पहिचान गर्नु, सञ्चार र समन्वय सुधार गर्नु, तथा अस्पतालको विपद् तयारी र प्रतिकार्य प्रणाली सुदृढ गर्न उपयोगी सुझावहरू प्रदान गर्नु थियो ।

उहाँले भन्नुभयो, “यस्ता अभ्यासले ठूलोस्तरका स्वास्थ्य आपत्कालीन परिस्थितिको व्यवस्थापन, ‘फिल्ड’ अस्पतालको एकीकरण र रोग प्रकोपको दौरानमा निरन्तर उपचार सुनिश्चित गर्ने विषयमा सुधार गर्नुपर्ने महत्वपूर्ण पक्षहरू उजागर गर्‍यो । ”

यसैबीच प्रवक्ता डा बुढाथोकीसहित नेपालस्थित युरोपियन युनियनका राजदूत भेरोनिक लोरेँजो, विश्वस्वास्थ्य सङ्गठनका डा एलिसन गोकोटोनो प्रतिनिधिको टोलीले सुदूरपश्चिम प्रदेश, धनगढीस्थित प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको अनुगमन तथा गतिविधिका बारेमा जानकारी लिएको छ ।

सो अवसरमा युरोपियन युनियन र विश्व स्वास्थ्य सङ्गठनलाई सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवा प्रवाहको गुणस्तर वृद्धि गर्न उल्लेखनीय योगदान र सहयोग पुर्‍याएबापत सम्मान समेत गरिएको थियो । रासस