८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन

किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
अ+ अ-

बनियानी, (झापा) । झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।

युएनडिपी र कचनकवल गाउँपालिकाको लागत साझेदारी २५ बिघा खोला उकास जग्गामा बगरखेती कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । कार्यक्रमको व्यवस्थापन न्याय तथा विकासका लागि सामाजिक सञ्जाल ९एसएनजेडी० ले गरिरहेको उहाँले बताउनुभयो ।

“विपन्न नागरिकका लागि आयआर्जनको माध्यम सिर्जना गर्नुका साथै भूमिमा उनीहरुको अधिकार सुनिश्चित गर्ने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने उद्देश्यले पनि हो ।”

यो कार्यक्रमका लागि युएनडिपीको रु ८१ लख २५ हजार आठ सय, कचनकवल गाउँपालिका र भूमिगत सिँचाइ आयोजनाको रु एक करोड नौ लाख ३८ हजार गरी कूल रु एक करोड ९० लाख ६३ हजार आठ सय लगानी रहेको छ ।

जग्गामा घेराबार गरी करिब १५ बिघामा नौ हजार वटा सुपारीका बिरुवा रोपिएको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिनुभयो । गाउँपालिकाले छनोट गरेको लक्षित वर्ग विपन्न, आदिवासी, दलितलगायतका एक सय पाँच परिवारमध्ये ९६ परिवारलाई जग्गा प्रदान गरिएको उहाँले बताउनुभयो । उनीहरुले २० वर्षसम्म सो जग्गा प्रयोग गर्न पाउने छन् । त्यसपछि गाउँपालिकाले सो जग्गाको कसरी प्रयोग गर्ने निर्धारण गर्ने उहाँले बताउनुभयो ।

“हामीले सुपारीखेतीलाई प्राथमिकता दिएका छौँ, यसले आयआर्जनसँगै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न मद्दत मिल्ने अपेक्षा छ”, उहाँले भन्नुभयो, “लाभग्राहीले आफ्नो चाहनाअनुसार तरकारी र खरबुजाखेती पनि गरेका छन् ।” खेतीबाट प्राप्त लाभ शतप्रतिशत उनीहरुले नै पाउने उहाँले बताउनुभयो ।

क्षतिग्रस्त भूमिको व्यवस्थापन गरेर भूमिहीनहरुमा भूमिको पहुँच पुर्‍याउन योजना पनि रहेको उहाँले बताउनुभयो । प्रतिपरिवार एक सयदेखि एकसय ५० सुपारीको बोट जिम्मा लगाइएको बताउँदै उहाँले भन्नुभयो, “त्यसको रेखदेख लाभग्राहीले नै गर्नुपर्छ, प्राप्त प्रतिफल पनि उनीहरुले पाउँछन् ।”

करिब ५० बिघामा सिँचाइ क्षमताको भएको डिप बोरिङ समेत निर्माण गरिएको छ भने बिरुवा उत्पादनका लागि हाइटेक प्रविधिको टनेल समेत बनाइएको युएनडिपीका कार्यक्रम अधिकृत सुरज दङ्गालले बताउनुभयो । “टनेलमा एक पटकमा करिब २७ हजार बिरुवा उत्पादन सकिन्छ”, उहाँले भन्नुभयो, “लेयर बनाएर गर्ने हो भने पाँच लेयरमा एक लाख ३५ हजारभन्दा बढी बिरुवा उत्पादन गर्न सकिन्छ ।”

बगरखेती कार्यक्रमअन्तर्गत कचनकवल–५ का कुर्वान मियाले चार कट्ठा जग्गा प्राप्त गरेको बताउनुभयो । तरकारी र खरबुजाखेती गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “जग्गा पाएर खुसी छु, पहिला सिँचाइको व्यवस्था थिएन, अहिले सिँचाइ पनि पुगेको छ ।”

विपन्न परिवारलाई जग्गा दिए पनि अपनत्व ग्रहण गराउन र उनीहरुलाई बुझाउन समस्या भइरहेको छ । कपितयले दैनिकजसो सुपारी र आफूले लगाएको बालीको नियमित रेखदेख र स्याहारसुसार गरिरहे पनि कतिपयले अझै अपनत्व ग्रहण नगरेको एसएनजेडीका हेमकुमार खड्काले बताउनुभयो ।

“कार्यक्रमलाई सफल बनाउन सरोकारवालाले अझै केही वर्ष नियमित सानो–ठूलो सहयोग गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “लाभग्राहीले प्रतिफल पाउन नथालेसम्म सहयोग गर्नुपर्ने देखिन्छ ।”

गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले युएनडिपी र एसएनजेडीको कार्यक्रम अवधि समाप्त भए पनि गाउँपालिकाले सोको अपनत्व ग्रहण गरेर विपन्न नागरिकका लागि सुरुआत गरेको कार्यक्रममा निरन्तरता दिने बताउनुभयो । रासस