७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

परिवर्तन विरोधी शक्ति सक्रिय : अध्यक्ष दाहाल

परिवर्तन विरोधी शक्ति सक्रिय : अध्यक्ष दाहाल
फाइल फोटो
अ+ अ-

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था परिवर्तन भए पनि अपेक्षाअनुरुप जनताको अवस्था रूपान्तरण हुन नसक्दा परिवर्तन विरोधी शक्ति सक्रिय भइरहेको बताउनुभएको छ ।

सिन्धुपाल्चोक बलेफी गाउँपालिकास्थित जालपादेवी माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले परिवर्तन विरोधी शक्तिबाट गणतान्त्रिक व्यवस्थामाथि धावा बोल्ने षड्यन्त्र भइरहेको बताउनुभयो । जनताले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धि भएको चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायका जनताले मौलिक हकको उपभोग गर्न नपाउँदा केही निरासा बढेको धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “परिवर्तनविरोधी शक्तिहरूले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि धावा बोल्ने षड्यन्त्रप्रति हामी सचेत हुन जरूरी छ । राष्ट्रको विकासको मेरूदण्ड शिक्षा भएको उल्लेख गर्दै उहाँले शिक्षित र दक्ष जनशक्तिले राष्ट्रको समग्र विकास र समृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सो अवसरमा अध्यक्ष दाहालले विद्यालयको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको उहाँको सचिवालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पराजुलीका अनुसार सो विद्यालयमा हाल एक सय १२ छात्र र एक सय ३५ छात्रा अध्ययनरत छन् ।

गत वर्षको कक्षा १२ को परीक्षामा सबै विद्यार्थी उत्तिर्ण भएका थिए । सो अवसरमा जग्गादाता र विद्यालयका संस्थापकहरुलाई सम्मान गरिनुका साथै विद्यालयद्वारा प्रकाशित स्मारिका विमोचन गरिएको थियो ।  रासस