२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

नेपालका स्वार्थ समूहको चङ्गुलमा पर्दा इल्गा सम्मेलन विवादित, इल्गाकै सदस्य सहभागी हुनबाट वञ्चित

नेपालका स्वार्थ समूहको चङ्गुलमा पर्दा इल्गा सम्मेलन विवादित, इल्गाकै सदस्य सहभागी हुनबाट वञ्चित
अ अ+ अ-

काठमाडौँ। नेपालमा सुरु समलिङ्गी महिला, समलिङ्गी पुरुषहरूको अन्तर्राष्ट्रिय सङ्गठन इल्गा एसियाको १० औँ सम्मेलन विवादित बनेको छ।

नेपालबाट इल्गा एसियाको सदस्य रहेकै संस्थालाई सुरुमा आमन्त्रण गरेर सहभागिता सुनिश्चित गरेको इल्गा एसियाले सम्मेलन सुरु हुँदा वञ्चित गराएको छ। इल्गा एसियाले स्थानीय आयोजक रहेको ब्लु डायमन्ड सोसाइटी बाहेकका संस्थाहरूबाट दुई/दुई जना सहभागी हुन निमन्त्रणा पठाएको थियो।

सम्मेलनको ठेकेदार बनेको ब्लु डायमन्डले नेपालबाट सहभागी हुनेहरूको नाम काट्न लगाउँदा सहभागी हुनबाट वञ्चित हुनुपरेको ती संस्थाका प्रतिनिधिहरूले बताए। ब्लु डायमन्डका संस्थापक एवं एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तको बहिर्गमन पछि ब्लु डायमन्ड कब्जामा लिएको स्वार्थ समूहले सम्मेलनमा सहभागी सुनिश्चित भएका अरू संस्थाका प्रतिनिधिको नाम हटाउन लगाएको पुष्टि भएको छ।

नेपालको संविधानमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको संवैधानिक अधिकार सुनिश्चित गर्न पहल गरेका पन्तलाई समेत इल्गा एसियाले सम्मेलनमा आमन्त्रण नगरेको पाइएको छ। पन्तले ब्लु डायमन्ड स्थापना गर्दा सदस्य बस्न नमानेकाहरूले नै अहिले रजगज गर्दा पन्त मात्रै होइन, उस्तै प्रकृतिको प्रभावकारी अभियान चलाउन थालेको इल्गाकै सदस्य मायाको पहिचान नेपाल सम्मेलनमा सहभागी हुनबाट पाएन।

पन्तले नेपाल सरकारविरुद्ध यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचान सहितको अधिकार, वैवाहिक अधिकार र विभेदरहित कानुन खारेज गर्न दायर गरेको रिटमा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको थियो। जुन आदेश यो समुदायको लागि कोशेढुंगा बनेको छ। विश्वका विभिन्न देशले यो समुदायको अधिकारका लागि पन्तको रिटमा सर्वोच्चले दिएको आदेशलाई नजिरको रूपमा लिने गरेका छन्। तर, इल्गा एसियाले महत्त्वपूर्ण योगदान गर्ने पन्तको भूमिकालाई नजरअन्दाज गरेको छ।

इल्गाले प्रतिनिधि सुनिश्चित भएकाको नाम अन्तिम समयसम्म पेण्डिङमा राखेर सुरु गरेको सम्मेलन विवादित बनेको हो। इल्गाले सदस्यको रूपमा सहभागी हुन पाउने मानवअधिकार समेत उल्लङ्घन गरेको छ। मानवअधिकारको दुहाई दिने इल्गाले नेपालका अल्पसङ्ख्यक लैङ्गिक तथा यौनिक समुदायमाथि नै विभेद गरेको छ।

इल्गाको यो विभेदमा नेपालबाट सदस्य रहेको मायाको पहिचान नेपाल पनि परेको छ। इल्गा ब्लु डायमन्डलाई देखाएर उम्कने प्रयासमा लागेको छ। ब्लु डायमन्डको सुरुवाती अभियान र हालको अभियान नै भिन्न भएपछि खुलेको हो नयाँ संस्था मायाको पहिचान नेपाल।

पुरुष र महिला भन्दा भिन्न पहिचान भएका व्यक्तिको अधिकारको वकालत गर्दै आएको ब्लु डायमन्ड हाल पुरुष जन्मिएकाले महिला र महिला जन्मिएकालाई पुरुषको पहिचान दिनुपर्ने लबिङमा लागेको छ। जसको भिन्न पहिचानका व्यक्तिहरूले आलोचना गर्दै आएका छन्।

लिङ्ग परिवर्तनका लागि हर्मोन खान उक्साउने काममा लागेको ब्लु डायमन्डको समुदायले विरोध गर्दै आएका छन्। विरोध गर्नेलाई नजिकै पर्न नदिने ब्लु डायमन्डको स्वार्थ समूहले सहभागिता सुनिश्चित गरिएको संस्थाका प्रतिनिधिलाई सम्मेलनमा सहभागी हुनबाट वञ्चित गराएको छ।

नेपालमा पहिलो पटक समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल भएको मायाको पहिचान नेपाललाई सहभागी गराउँदा दातृ निकायको अनुदान सहयोग भोजभतेर र रामरमाइलोमा सकेको ब्लु डायमन्डले इल्गा एसियालाई समेत आफ्नो मुठ्ठीमा पारेर नेपालमा निरन्तर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको वकालत गर्ने अभियानकर्मीहरूसँग बदलाभाव राखेको देखिएको छ।

सम्मेलनको स्थानीय आयोजक ब्लु डायमन्डका अनुसार काठमाडौँको होटेल सोल्टीमा सुरु सम्मेलनमा १५० बढी देशका ६०० भन्दा बढी सहभागी छन्। सम्मेलनको नारा विविधतामा गतिशीलता : न्यायसङ्गत, समावेशी, र दिगो एसियाको लागि एकता भन्ने राखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहायता बन्द गर्ने र दुई लिङ्ग (पुरुष र महिला) लाई मात्रै मान्यता दिने घोषणा गरेकै बेला करोडौँ खर्च गरेर सम्मेलन आयोजना गरिएको छ।

सहयोग रोकिदा एसियाका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हक अधिकारमा कार्यरत कयौँ संस्थाहरू बन्द भएका छन्। एचआइभी एड्स रोकथाम र उपचार सेवा रोकिएको छ। राज्यको सहयोग नहुने र पाउँदै आएको विदेशी अनुदान पनि रोकिएको अवस्थामा इल्गा एसियाको प्राथमिकता समुदाय बचाउनेतिर भन्दा सम्मेलन आयोजना गरेर रामरमाइलो र भोजभतेरमा घोपला गर्ने देखिएको छ।

पहिचान मिडियाले इल्गा एसियालाई सम्मेलनबारे जिज्ञासा राख्दा एजेन्डा तयार भएपछि जानकारी गराउने बताएको थियो। तर, सम्मेलन सुरु हुँदा मिडियालाई नै प्रवेश निषेध गरेको छ। सम्मेलन स्थलमा सञ्चारकर्मीलाई प्रवेश गर्न दिइएको छैन।

सहयोग रोक्ने ट्रम्पको घोषणालाई विश्वव्यापी रूपमा सीमान्तकृत समुदायहरूको अस्तित्व र मर्यादामा प्रत्यक्ष आक्रमण भनेको इल्गा एसिया आफैँले भने आफ्नै सदस्य संस्थाहरूका समुदायमाथि पक्षपातपूर्ण व्यवहार गरेको अभियानकर्मी मधु केसी बताउँछन्। यस्तो अवस्थामा एसियाभरका विदेशीलाई ल्याएर सम्मेलन गर्नुको औचित्य इल्गा एसियाले पुष्टि गर्नुपर्ने माग अभियानकर्मीहरूले गरेका छन्। दातृ निकायले यस्ता भोजभतेर र रामरमाइलोमा खर्च गर्न बन्द गर्नुपर्ने माग समेत अभियानकर्मीहरूको छ।

संस्थागत अभियान सुरु गर्ने र पहिचान सहितको नागरिकतादेखि वैवाहिक अधिकारलाई कानुनी रूपमा स्थापित गर्ने काममा लागेका समुदायका अभियन्ताहरूलाई बाहिर राख्नु विडम्बना भएको अभियानकर्मी एवं मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले बताए।

यो सम्मेलनको उपलब्धि के हो? यसले के फाइदा गर्छ? यसको जवाफ इल्गा एसिया र ब्लु डायमन्ड सोसाइटीले सम्पूर्ण समुदायलाई दिनु पर्ने उनले बताए।

संविधानमा अधिकार लेखाउने, त्यो अनुसार कानुन निर्माणका लागि पहल गर्ने, नेपालमा इन्द्रेणी पर्यटन भित्र्याउन पहिलो अन्तर्राष्ट्रिय इन्द्रेणी पर्यटन सम्मेलन गर्ने मायाको पहिचान इल्गा एसियाको सदस्य हो।

इल्गा एसियाले नयाँ नेतृत्व समेत चयन गर्ने भनिएको छ। नेपालका सीमित टाठाबाठा भनाउँदाहरुलाई मात्र सहभागी गराएर सदस्यहरूलाई नै मताधिकारबाट वञ्चित गराउने काममा इल्गा र ब्लु डायमन्ड हात धोएर लागेको पाइएको छ।