२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीसहित ६ जनाविरुद्ध मुद्दा दर्ता



अ+ अ-

काठमाडौं । ठमेलमा प्रहरी कुट्ने नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशीसहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

अनुसन्धान सकाएर प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।

सरकारी वकिल कार्यालयले विद्यार्थी संगठनका नेता जोशीसहित गोपालबहादुर शाही, रमेशकुमार फुलारा, नवीनसिंह ऐर, दिनेश सिग्देल र सौजन्य शाहीलाई प्रतिवादी बनाएको छ । उनीहरुमाथि अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरिएको छ ।

यो समूहले २४ माघको राति ड्युटीमा प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टमाथि कुटपिट गरेको थियो ।

अखिल नेता जोशी, दिनेश सिग्देल, गोपालबहादुर शाहीविरुद्ध यसअघि पनि ज्यान मार्ने उद्योगको कसुरदेखि अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको थियो ।