२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीतिको कार्यान्वयनमा जोड

अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीतिको कार्यान्वयनमा जोड
अ अ+ अ-

सुर्खेत। सुर्खेत अधिकारकर्मीहरुले अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीतिलाई कार्यान्वयनमा जोड दिएका छन् ।

युएनपिआरपिडी र युएनडिपीको साझेदारीमा बौद्धिक अपाङ्गता अभिभावक महाङ्घ नेपालले आइतबार सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०८० ले व्यवस्था गरेका विषयमा बौद्धिक अपाङ्गता महासङ्घका पूर्व अध्यक्ष एवं अधिवक्ता मुकुन्दहरि दाहालले जानकारी गराएको थियो । उनले यो नीतिले समग्रमा अपाङ्गता भएका व्यक्तिको हरेक क्षेत्रमा पहुँच पुुराउन योगदान पुग्ने जनाउँदै कार्यान्वयन पक्ष दरिलो हुनुपर्छ भने ।

यसैबीच, सहभागीहरुले कर्णाली प्रदेशमा अपाङ्गता भएका व्यक्तिको लागि छुट्टै ऐन आवश्यक रहेको औँल्याएका छन् । कोशिष नेपाल सुर्खेतका प्रमुख सूर्य भट्टराईले अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीतिले मात्रै सबैको भावनाको प्रतिनिधित्व गर्न नसक्ने जनाउँदै प्रदेशले आफ्नै नीति बनाउन आवश्यक रहेको औँलाए । “यो नीतिले कर्णाली प्रदेशका अपाङ्गता भएका सबै व्यक्तिको भावनालाई समेट्न सक्दैन, उनले भने, यसको कार्यान्वयनसँगै प्रदेशमा छुट्टै नीति आवश्यक देखिन्छ ।”

अपाङ्गता अधिकारकर्मी सुरेश खड्काले नीति कानुन बन्नु राम्रो भएको जनाउँदै यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने सुझाव दिए । नेत्रहीन युवा सङ्घ सुर्खेतका अध्यक्ष आशिष अधिकारीले कर्णाली प्रदेशले पनि अपाङ्गतासम्बन्धी नीति बनाउँदा निःशुल्क शिक्षा र हरेक क्षेत्रमा सहभागितालाई सुनिश्चित गर्नुपर्ने बताए । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका अधिकृत मानबहादुर कार्कीले अपाङ्गता भएका व्यक्तिको लागि प्रदेशका सबै कार्यालयमा पहुँचयोग्य भवन नभएको बताए ।

उनले अपाङ्गताको अधिकारका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले अध्ययन र पैरवी गर्दै आएको जानकारी गराए । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिको लागि छुट्टै नीति बनाउने प्रतिबद्धता जनाए । उनले अपाङ्गता भएका व्यक्तिलाई व्यवसायमा जोड्नेगरी नीति बनाउनुपर्ने भन्दै अब उत्पादनसँग जोडिएर काम गर्न सुझाव दिए । अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०८० पुस ९ गते मन्त्रिपरिषदबाट स्वीकृत भई लागू भएको हो ।

कानुनी प्रबन्ध, संस्थागत सुधार तथा क्षमता विकासका माध्यमबाट राज्यका तिनवटै शासकीय तहमा समावेशी एवं समातामूलक प्रणालीको विकास गर्ने, भौतिक संरचना यातायात सेवा, साधनस्रोत र सूचना प्रविधिलाई पहुँचयुक्त बनाइ अपाङ्गता भएका व्यक्तिलाई समाजमा प्रभावकारी रुपमा समावेशीकरण गर्ने लगायतका नीति लिइएको छ । रासस