२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोन्ट्रियल प्रोटोकल किंगाली अनुमोदन गर्दा नेपाललाई कुनैपनि वित्तीय प्रभाव पर्दैनः मन्त्री ठकुरी



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणन्त्री ऐनबहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किंगाली अनुमोदन गर्दा नेपाललाई कुनैपनि वित्तिय प्रभाव नपर्ने स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो । उहाँले किंगलीले नविकरणीय उर्जा कम गर्न वातावरणीय चिस्यान तथा रेफ्रिजेरेशन प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको बताउनु भयो । किंगाली संशोधनले हाइड्रोफ्लोरो कार्बन तथा हाइड्रोफ्लोरो कार्बन समाविष्ट वस्तुलाई चरणवद्ध रुपमा घटाई सन् २०४५ सम्ममा हालको प्रयोगको ८० प्रतिशत खपत कम गर्ने उहाँको भनाइ छ । उहाँले संशोधित प्रोटोकलमा हाइड्रोफ्लोरो कार्बनका १८ वटा समूहलाई नियन्त्रित पदार्थको रुपमा समावेश गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस संशोधनले हाइड्रोफ्लोरो कार्बन तथा हाइड्रोफ्लोरो कार्बन समाविष्ट वस्तुलाई चरणवद्ध रुपमा घटाई सन् २०४५ सम्ममा हालको प्रयोगको ८० प्रतिशत खपत कम गर्ने, नविकरणीय उर्जा कम गर्न वातावरणीय चिस्यान तथा रेफ्रिजेरेशन प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने, किंगाली संशोधनलाई नेपालमा प्रभावकारी रुपमा कार्यान्वयन गरि अन्तरराष्ट्रिय सहमतिहरुको पालना सुनिश्चित गर्ने यसका लक्ष्यहरु रहेका छन् । संशोधन अनुमोदन गर्दा हामीमा कुनैपनि वित्तिय प्रभाव पर्ने अवस्था छैन । यसको बेसलाइन तयारी पनि भइरहेको छ । वातावरण संरक्षण ऐन र नियमावलीअन्तर्गत यसको काम अन्तिम चरणमा पुगेको छ ।’

उहाँले संशोधित प्रोटोकल कार्यान्वयनको लागि वन संरक्षण ऐन र नियमावलीमा काम भइरहेको समेत बताउनु भयो । यसअघि किंगाली संशोधनमाथिको छलफलमा सहभागि हुँदै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सम्झौता गरिएका विषयमा कस्तो पूर्वतयारी भएको छ? भन्दै प्रश्न गर्नुभएको थियो । उहाँले किंगाली संशोधनका लागि नीतिगत सुधार र पूर्वतयारी नगरिए किसानहरुले किन्ने घरायसी सामानको मूल्य आकासिने जिकिर गर्नुभयो । उहाँले हेर्दा सामान्य लागेपनि आम नागरिकको जीवनस्तरसँग जोडिएको कुरामा सोच्न जरुरी रहेको बताउनु भयो ।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले नेपालले हरितगृह ग्याँस उत्पादनमा न्युन योगदान पु¥याएको भएपनि वातावरणीय तथा जलवायु परिवर्तनका असरहरुबाट उत्तिकै मारमा रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको दृष्टिकोणबाट नेपल चौथो जोखिमयुक्त राष्ट्र भएको बताउनु भयो । उहाँले वातावरण जोाइदिएकोमा विदेशबाट सहयोग दिने रणनीति समेत कानूनमा राख्नुपर्ने बताउनु भयो ।

बैठकमा बोल्ने अधिकांश सांसदहरु मोन्ट्रियल प्रोटोकल किंगाली संशोधन अनुमोदन गर्दा नेपाललाई वित्तीय प्रभाव पर्न नदिने गरि अनुमोदन गर्नुपर्ने धारणा राखेका छन् ।