१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

रास्वपा सांसद कार्कीको प्रश्तावः ३५ वर्ष यताका सबै भ्रष्टाचारका काण्डहरुको छानविन गरौँ

रास्वपा सांसद कार्कीको प्रश्तावः ३५ वर्ष यताका सबै भ्रष्टाचारका काण्डहरुको छानविन गरौँ
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा चन्दा कार्कीले ३५ वर्षयताका भ्रष्टाचारका काण्डहरुको छानविन गरि मुलुकमा सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताउनुभएको हो । उहाँले देशले एकपछि अर्को कठोर र लज्जास्पद झट्काहरुको सामना गरिरहेको उल्लेख गर्नुभयो । सरकारसँग विप्द व्यवस्थापनको लागि ठोस योजना नभएको आरोप लगाउनु भयो । उहाँले सरकारले रामराज्य देखावा नगरी कमसेकम पासमार्क आउने गरी काम गर्नुपर्ने बताउनु भयो । उहाँले मुलुकको विकासका लागि राजनीतिक संस्कार सुधार्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशले आज एकपछि अर्को कठोर र लज्जास्पद झट्काहरु सहिरहेको छ । ट्रान्सपेरन्सी इन्टरनेसनलले नेपाल झन भ्रष्टाचारी मुलुक भनि देखाएको छ । हाम्रा कर्णधारहरु असुरक्षित छन् । प्रकृति लम्साललाई मर्न वाध्य बनाइयो । स्वदेशमै पनि विद्यार्थीहरु आत्महत्या गरिरहेका छन् । विपद् व्यवस्थापनमा ठोस योजना छैन । उद्धारका लागि चाहिने सेनका हेलिकेप्टरहरुको अवस्थाको बारेमा बोलिँदैन । तसर्थ अब सरकारले रामराज्यको देखावा नगरी कमसेकम पासमार्क ल्याउने गरी काम गरोस् । हाम्रो राजनीतिक संस्कार सुधारौं । साशकीय स्वरुपको पुनरावलोकन गरौं । र एउटा स्वतन्त्र न्यायिक आयोगको गठन गरि ३५ वर्ष यताका सम्पुर्ण भ्रष्टाचारका काण्डहरुको अनुसन्धान गरि देशमा सुशासन कायम गरौं ।’

उहाँले अन्तर्राष्ट्रिय सहयोग नभनेर ठगीको आरोप लागेर ३९ मिलियन अमेरिकी डलर बराबरको युएस एड रोकिएको भन्दै दुःख व्यक्त गर्नुभयो ।