१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

देशमा अस्थिरता चाहनेले सरकारको बिरोध गरिरहेका छन्ः सांसद मिश्र

देशमा अस्थिरता चाहनेले सरकारको बिरोध गरिरहेका छन्ः सांसद मिश्र
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले सरकार बन्नु नै हुँदैन भन्नेहरुले सरकारको बिरोध गरिरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार धेरै समय टिक्न नदिने र देशमा अस्थिरता चाहनेहरुले सरकारको बिरोध गरिरहेको बताउनु भयो । उहाँले सरकार ढाल्ने भन्दा टिकाउनेतिर बढी ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले सरकारले राम्रो काम गरिरहेको भन्दै अझै रफ्तार बढाउन सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा अचम्मको कुरा छ । सरकार बन्नु नै हुँदैन, यो देशमा १० दिनपछि सरकार ढल्यो भन्न थाल्छन् । सरकारलाई चाँडो ढलोस् अस्थिरता देशमा होस् भन्नेहरु धेरै छन् । म केही मानिसहरुलाई भन्न चाहन्छु, सरकार टिकाउनेतिर जाने हो, ढाल्ने कुरातिर जानु हुँदैन । अहिलेका प्रधानमन्त्रीले राम्रो काम गरेका छन्, मन्त्रीले राम्रो काम गरेका छन् । यति राम्रो कामले पुगेको छ की छैन ? राम्रो कामको रफ्तार बढाउने हो की ? राम्रो काम अझ राम्रो गराउने की? राम्रो कामको हिसाव अलि कम भयो की । आजसम्म भएका मन्त्रीमण्डल भन्दा काममा सबैभन्दा राम्रो काम गर्ने मन्त्रीमण्डल बनाएर देखाउनुस् ।’
उहाँले आजसम्म भएका मन्त्रीमण्डल भन्दा काममा सबैभन्दा राम्रो काम गर्ने मन्त्रीमण्डल बनाएर देखाउन आग्रह गर्नुभयो ।