२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्युठानमा एक दम्पती शंकास्पद अवस्थामा मृत फेला



अ+ अ-

काठमाडौँ। प्युठानमा एक दम्पती शंकास्पद अवस्थामा मृत फेला परेका छन् ।

जिल्लाको माण्डवी गाउँपालिका–२ रातापानीमा ६० वर्षिय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीया हुकुमा परियार आफ्नै घरमा मृत भेटिएका हुन् ।

राति खाना खाएर सुतेका परियार दम्पती बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त भएपछि घटनास्थल पुगेका प्रहरीको टोलीले मृतक दम्पतीको शरीरमा चोट देखिएकाले घटना शंकास्पद रहेको बताएका छन् । दम्पतीको टाउकामा भारी चिजले प्रहार गरी विभत्स तरिकाले हत्या गरेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले बताए ।

घटनाबारे सुक्ष्म रुपमा अनुसन्धान भईरहेको केसीले बताए ।