२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूलीमा खसेका रोहितको शव ९ दिनपछि भेटियो



अ+ अ-

चितवन । त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव नौ दिनपछि आज फेला परेको छ ।

फागुन २ गते नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटनामा परी त्रिशूलीमा बेपत्ता भएका रानाको शव कालीखोला नजिकै फेला परेको प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

आज बिहान त्रिशूलीमा तैरिरहेको अवस्थामा उनको शव फेला इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्ष निरला भण्डारीले बताए ।

चितवनको भरतपुर महानगरपालिका–१ रामपुर घर भएका २७ वर्षीय राना बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा काठमाडौं हिडेका थिए । इच्छाकामना गाउँपालिका–५ मा उनी सवार मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा उनी त्रिशूलीमा खसेका थिए ।

रानाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।