७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय माताहतका संस्थालाई सबल बनाउनुपर्छ’

‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय माताहतका संस्थालाई सबल बनाउनुपर्छ’
अ+ अ-

ललितपुर। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफ्नो मन्त्रालय मातहतमा रहेका पाँच वटै साझा संस्थालाई सबल बनाउँदै लैजानुपर्ने बताएका छन्।

आज यहाँ आयोजित साझा प्रकाशनको २५औँ साधारणसभामा मन्त्री अधिकारीले आफ्नो मन्त्रालयअन्तर्गत साझा भण्डार, साझा यातायात, साझा सहकारी, साझा स्वास्थ्य र साझा प्रकाशन रहेका जनाउँदै व्यवस्थापन पक्ष सक्षम नहुँदा लामो समयदेखि सबै संस्थामा घाटामा रहेका बताए। उन आर्थिक गतिविधि चलायमान नहुँदा घाटामा गएका पाँच वटै संस्थालाई सबल बनाउन समस्या पहिचान गरी समाधानका विकल्प खोजी गरिने उल्लेख गरे।

‘साहित्य र संस्कृतिको विकास तथा संरक्षणका क्षेत्रमा काम गर्न अग्रजहरूले सुरुआत गर्नुभएका सकारात्मक विषयलाई निरन्तरता दिनु पर्छ। सधैँ सरकारसँग आश्रित भइरहँदा संस्था सबल हुन सक्दैन’, मन्त्री अधिकारीले भने, ‘साझा प्रकाशन नेपाली जनताले विश्वास गरेको भरपर्दो संस्था थियो। यो विषय अहिले इतिहासमा मात्रै सीमित छ, यसलाई वर्तमान अवस्थाबाट उकास्न नयाँ नेतृत्वले विशेष योजनासहित समस्या समाधानमा ध्यान दिनुपर्छ।’

उनले भाषा–साहित्य, वाङ्मय र शिक्षाको विकास गर्ने सरकारको नीतिअनुरुप विसं १९७० मा गोरखा भाषा प्रकाशिनी समितिका नाममा स्थापित भई विकास हुँदै २०२१ सालमा स्थापित साझा प्रकाशनलाई सक्षम र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए।

मन्त्री अधिकारीले डुब्न लागेको घाम जस्तो बनेको साझा संस्थालाई सबल बनाउन मन्त्रालयका तर्फबाट सकारात्मक भूमिका खेल्दै प्रभावकारिता वृद्धि गर्न लाग्ने प्रतिबद्धता व्यक्त गरे। ‘हिजोको र आजको चिन्तन फरक छ, हामीले हिजो गरेको व्यवहार, इतिहास, दृष्टिलाई ध्यान दिँदै अहिलेको परिस्थितिमा कसरी जान सकिन्छ भनेर योजना बनाउनुपर्छ। संस्कृति संरक्षण र निरन्तरता दिन के गर्न सकिन्छ भनेर सहकार्य र समन्वय गर्न जरुरी छ’, उनले भने।

साझा प्रकाशनका नाममा मुलुकका विभिन्न ठाउँमा रहेका जग्गालाई व्यवस्थापन गरेर भाडामा लगाउँदा पनि खर्च चलाउन सकिन्छ भन्दै साझा प्रकाशन जस्ता संस्था स्वयम् आत्मनिर्भर भई समृद्धितर्फ जाने संस्था हुन् उनले भने। उनले यो साधारणसभाले विगतमा भएका कमजोरी खोज्न सकोस् भन्दै अबको नेतृत्वले कमजोरी पहिचान गरेर समाधानका उपाय निकाल्न योजना बनाउनुपर्नेमा जोड दिए।

साझा प्रकाशनका सल्लाहकार संयोजक डा तुलसीप्रसाद भट्टराईले एक सय १० वर्ष पुरानो इतिहास बोकेको संस्था विगतका नेतृत्वमा केही कमजोरी हुँदा अहिले धराशयी अवस्थामा पुगेका बताए। उनले आफू विसं २०४९ मा महाप्रबन्धक बनेर आउँदा ज्यादै महत्वपूर्ण गरिमा बोकेको संस्थाका रूपमा चर्चा हुने गरेको स्मरण गर्दै नयाँ नेतृत्वले त्यो साख कायम राख्नेगरी काम गर्नुपर्ने धारणा राखे।

‘सरकार र अर्थमन्त्रालयले साथ दिएको अवस्थामा पनि यसले गति पाउन सकेको छैन, अबको नेतृत्वले यसमा ध्यान दिएर गतिशील बनाउन लाग्नेछ भन्ने विश्वास लिएको छु’, उनले भने। उनले कर्मचारीले २५ महिनादेखि तलब खान नपाएको अवस्थालाई ध्यान दिएर आगामी दिनमा सकारात्मक र प्रभावकारी काम हुने विश्वास व्यक्त गरे।

साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समितिका अध्यक्ष प्रा डा रमेशप्रसाद भट्टराईले साझा प्रकाशन परिसरमा पुस्तक राख्ने भवन निर्माण सम्पन्न भएको बताउँदै नौ वर्षदेखि बाँकी रहेको लेखापरीक्षणको कार्य सम्पन्न भएकामा खुसी व्यक्त गरे। उनले साझा प्रकाशन लेखक–साहित्यकारको साझा थलो भएको बताउँदै अधिकांश लेखक यो संस्थाका शेयर सदस्य रहेका जानकारी गराए।

सहकारी ऐन, २०७४ को दफा १३५ मा साझा प्रकाशनलाई विशेष संस्थाका रूपमा राखिएको छ। त्यस्तै, सहकारी नियमावली, २०७५ नियम ७७ मा संस्था सञ्चालनसम्बन्धी विशेष व्यवस्थाअन्तर्गत सञ्चालक समिति गठनको प्रावधान राखिएको छ। हाल साझा प्रकाशनमा एक हजार चार सय ६९ सदस्य छन्। रासस