७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो-मुख्यमन्त्री कँडेल

कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो-मुख्यमन्त्री कँडेल
अ+ अ-

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व भएको बताएका छन्।

आज यहाँ आयोजित कोपिला भ्याली स्कुल वीरेन्द्रनगर–४ सुर्खेतको १५औँ स्थापना दिवस समारोहमा उनले कर्णालीको शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक सुधारका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने धारणा राखे। कर्णालीको शैक्षिक उन्नयनमा कोपिला भ्याली स्कुलले महत्वपूर्ण भूमिका खेलेको भन्दै मुख्यमन्त्री कँडेलले शिक्षा मात्र नभई पछिल्लो समय उक्त स्कुल पर्यटकीय एवं रमणीयस्थलका रूपमा विकास हुँदै गएकामा खुसी व्यक्त गरे। उनले ऋण काढेर शिक्षाका निम्ति अमेरिका युरोप जानेहरूका अगाडि नेपालमै कर्म गरेर विश्वमा नमूना काम गर्न सकिदो रहेछ भन्ने शिक्षा स्कुलले दिएको उनको भनाइ थियो।

मुख्यमन्त्री कँडेलले सामुदायिक विद्यालयको अवस्था सुधारका लागि कोपिला भ्याली सहयोगी बन्नसक्ने समेत बताए। ‘कर्णालीप्रति म्यागी डोयन, टोपबहादुर मल्लको योगदान र कोपिला भ्यालीले शैक्षिक सूचक बढाउन खेलेको भूमिका प्रशंसनीय छ। बरु यहाँ भएको सिकाइ अभ्यास र गतिविधिहरू सामुदायिक विद्यालयसँग आदान–प्रदान गर्दा यसले शैक्षिक क्षेत्रको सुधारमा राम्रै सहयोग पुग्ला’, उनले भने।

मुख्यमन्त्री कँडेलले प्लास्टिकमुक्त नगरपालिका घोषणाका लागि नगरप्रमुख, वडा नं ४, यहाँको टोल विकास समिति र कोपिला भ्यालीबीच सहकार्यका लागि आग्रह गरे।

कोपिला भ्यालीका प्रबन्ध निर्देशक टोपबहादुर मल्लले १५ वर्षको संघर्षमय यात्रामा सबैको सहयोग र सद्भाव रहेको बताए। उनले म्यागीसहित आफूले लोटा र डोकाबाट काम गर्दै अगाडि बढ्दा शैक्षिक क्षेत्रमा पछाडि परेको कर्णाली प्रदेशलाई केही दिने प्रयासले निरन्तरता पाएको बताए।

समारोहमा बालबालिकाकाले हिंसासम्बन्धी लघु नाटकसहित विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। रासस