६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओडिसा घटनाः परराष्ट्रमन्त्री राणाद्वारा मुख्यमन्त्री माझीसँग फोनवार्ता



अ+ अ-

काठमाडौँ । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारका विषयमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीसँग टेलिफोन वार्ता गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबूकबाट फोनवार्ताबारे जानकारी दिँदै मन्त्री राणाले दोषीमाथि कारवाही र विद्यार्थीको सुरक्षित पठनपाठनबारे कुराकानी भएको बताउनुभयो ।

‘उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानूनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छु । नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरूलाई अस्थायी नभएर स्थायी रूपमा नै हटाउन ओडिशा सरकारले नै पहल गरिदिनका लागि मैले उहाँलाई आग्रह गरें,’ परराष्ट्रमन्त्रीले भन्नुभयो, ‘यस विषयमा कलेजको पनि समिति बनेको र त्यहाँ नेपाली राजदूतावास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी खटिरहनुभएकाले उहाँहरूको समन्वयका लागि पनि मैले मुख्यमन्त्री श्री माझीसँग आग्रह गरें । उहाँले यस घटनालाई ओडिशा राज्यले नै गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरेर काम सुरु गरिएको जानकारी मलाई गराउनुभयो ।’

मुख्यमन्त्री माझीले नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा पठनपाठनको व्यवस्थाका लागि ओडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिएको उहाँले जानकारी गराउनुभयो ।

‘यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँदिल्लीले ओडिशा सरकार, विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन्,’ मन्त्री राणाले भन्नुभयो ।

विश्वविद्यालय प्रशासनको दुर्व्यवहारपछि सयौं विद्यार्थी स्वदेश फर्किएका छन् । आज मात्रै २० जना विद्यार्थी काँकडभित्ता नाका हुँदै नेपाल फर्किएका छन् ।