२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान असफल भए मुलुक गम्भिर संकटमा फस्छः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानको असफलताले मुलुकलाई गम्भिर संकटमा धकेल्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित सुदूरपश्चिम कानून समाजले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री लेखकले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक भएको दाबी गर्दै वर्तमान व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता भएको बताउनु भयो । उहाँले २००४ सालदेखि ७० वर्षमा सातवटा संविधान निर्माण हुनु राजनीतिक अस्थिरताको भुमरिमा रहेको पुष्टि हुने बताउनु भयो ।

उहाँले पटक पटक संविधान निर्माण गर्नु गलत भएकाले वर्तमान राज्य व्यवस्था र प्रणालीलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । नेपालको संविधान विश्वकै राम्रो मध्येको एक संविधान भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले संसारको राम्रो मध्येको एक संविधान बनाएका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने उद्देश्यका साथ संविधान निर्माण भयो ।

यो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो । नेपाल संसारकै विरलै मध्येको त्यो देश हो जसले ७० वर्षमा सात वटा संविधान बनायो । नेपालको संवैधानिक व्यवस्थाको यात्रा २००४ सालदेखि भयो ०७२ सालमा हामीले सातौ संविधान बनायौँ । धेरै सडक, पुल, विद्यालय बनाउने कुरा असल हुन् तर धेरै संविधान बनाउने कुरा बेठिक हो ।

धेरै संविधान बनाउने भनेको यो ७० वर्षमा कति राज्य व्यवस्थाको अस्थिरता व्यहो¥यौँ मापन हो त्यो । त्यसैले यो संविधान असफल गर्ने छुट कसैलाई छैन । एउटा संविधानको असफलतापछि अर्को संविधानको निर्माणसम्ममा सामानयतया २० वर्ष लाग्ने रहेछ । २९४७ सालको संविधान २०५२ सालदेखि कमजोर हुन शुरु भयो । २० वर्षको समय भनेको राष्ट्रका लागि धेरै लामो र महत्वपूर्ण समय हो । यो संविधानको असफलता मुलुकलाई अर्को ठूलो गम्भीर संकटमा पु¥याउँछ ।’

गृहमन्त्री लेखकले कानूनको शासन लोकतन्त्रको आधारभुत आवश्यकता भएको बताउनु भयो । उहाँले कानूनी शासन स्थापना गर्नसके मात्रै लोकतन्त्र जीवित रहने बताउनु भयो । शासन व्यक्तिले नभइ विधिले गर्छ भन्ने कुराको अग्रणी स्थानमा कानुन व्यवसायी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कानूनको शासन भनेको लोकतन्त्रको पनि आधारभुत आवश्यकता हो । यदि कानूनको शासन छैन भने लोकतन्त्र पनि छैन । कानूनको शासन स्थापना गर्नसक्यो, लोकतन्त्र जीवित रहन्छ । त्यसकारण कानूनको शासन स्थापना गर्नेकुरा शासन व्यक्तिले होइन विधिले गर्छ भन्नेकुरा स्थापित गर्ने कुरा कानुनले साँचो अर्थमा शासन गर्ने भन्ने कुराको अग्रणी मोर्चामा तपाईहरु हुनुहुन्छ । विचारको निर्माण र प्रवाह गर्ने तथा विचारको बिस्तार गर्ने काममा तपाईंहरुको सबैभन्दा बढी महत्व छ । त्यो आफ्नो महत्वलाई तपाईहरुले पनि बुभ्mनु र क्रियाशील हुनु जरुरी छ । समाजमा त्यस अनुसारको सहभागिता हुनु पनि जरुरी छ ।’

गृहमन्त्री लेखकले लोकतन्त्र भनेको अनुशासनको पद्धति भएकाले त्यहाँ कानूनी शासन हुने बताउनु भयो । उहाँले संवैधानिक व्यवस्थाअनुसार नै हरेक १० वर्षमा संविधानको पुनरावलोकन गरी दुर्वल पक्षको पहिचान र परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।




भर्खरै