४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज हमासले ६ जना र इजरायलले ६०२ लाई मुक्त गर्ने



अ+ अ-

एजेन्सी। हमासले शनिबार ६ जनालाई बन्धकमुक्त गर्दैछ।

यस सम्झौताअनुसार, इजरायलले ६०२ प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ। सूचना अनुसार, ६ जना बन्धकहरूको नाम हमासले शुक्रबार नै इजरायललाई पठाइसकेको छ।

मुक्त हुने बन्धकहरूमा ३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम(तोभ समावेश छन्।

अवेरा र हिशाम २०१४ देखि हमासको नियन्त्रणमा थिए। उनीहरू गजा क्षेत्रमा समुद्र तटबाट प्रवेश गर्दा हमासले तिनीहरूलाई बन्धक बनाएको थियो। भने, बाँकी चार जना २०२३ को अक्टोबर ७ मा भएको इजरायलमाथि हमासको आक्रमणको क्रममा बन्धक बनेका थिए। यी चारै जना एउटै परिवारका सदस्य छन् र सुपरनोभा फेस्टिवलबाट अपहरण गरिएको थियो।

यस सम्झौताअनुसार, हमासले ६ जना बन्धक छोडेको बदला इजरायलले ६०२ प्यालेस्टिनी कैदीलाई मुक्त गर्नेछ। यसअघि, हमासले २६ जना इजरायली बन्धक र इजरायलले १०९९ प्यालेस्टिनी कैदीलाई मुक्त गरेको थियो।