२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगको मिनी अक्सन आज



अ+ अ-

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ।

आजको अक्सनमा ‘ए’ र ‘बी’ ग्रेडका खेलाडीमा लिलामी हुनेछ। ‘सी’ क्याटगोरीका खेलाडीका लागि पछि छुट्टै ड्राफ्ट हुने आयोजकले जनाएको छ। खेलाडीलाई राम्रो अवसर दिन यस्तो नियम ल्याएको आयोजकले जनाएको छ।

आजको अक्सनमा ६० जना खेलाडी सामेल हुनेछन्। जसमा ‘ए’ क्याटगोरीको १५ र ‘बी’ का ४५ खेलाडीको सहभागिता रहनेछ। फ्रेन्चाइजहरुले ‘ए’ क्याटगोरीबाट एक खेलाडी, ‘बी’ बाट दुई खेलाडी रिटेन गर्न सक्नेछन्। तर, ती दोस्रो संस्करणमा सोही टोलीबाट खेलेको हुनुपर्नेछ।

अक्सन शनिबार बिहान १० बजे झम्सीखेलमा सुरु हुनेछ। अघिल्लो संस्करणमा ९ टोलीले खेलेको यो संस्करणमा ७ टोलीले मात्र प्रतिस्पर्धा गर्दैछन्। यसपालि वीरगंज युनाइटेट र स्पोर्टिङ इलामले प्रतिस्पर्धा गर्ने छैनन्।

यसपाला हरेक टोलीमा २२ देखि २३ खेलाडी हुनेछन्। जसमध्ये १ जना मार्की खेलाडी रहने छन् भने २ देखि ३ ‘ए’ क्याटगोरीका खेलाडी हुनेछन्। यसमा एक जना रिटेन गरिएका खेलाडी हुनेछन्।