१९ मंसिर २०८२, शुक्रबार
,
Latest
स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा सुशासन कायम हुन सकेन : शेखर कोइराला



अ+ अ-

सुर्खेत। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा अझै सुशासन कायम हुन नसकेको बताएका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पूर्वआप्रवासी समन्वय विभागद्वारा आज आयोजित ‘विदेशदेखि स्वदेशसम्म’ विषयक प्रदेश भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले सुशासनकै लागि वर्तमान सरकार गठन भए पनि अपेक्षित उपलब्धि नभएको बताए। उनले सरकारले अध्यादेश ल्याएर गलत गरेको टिप्पणी गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले भने, ‘संसद् छँदै जथाभावी अध्यादेश ल्याउनु राम्रो होइन।’ नेता कोइरालाले पार्टीभित्र वा पार्टी बाहिरकाले सरकारको खबरदारी गरिरहेको बताए।

उनले विसं २०८४ अघि नै कांग्रेस पार्टीको महाधिवेशन गर्नुपर्ने सुझाव दिए। सत्ता गठबन्धनबीच भएको सातबुँदे सहमति कार्यान्वयन नभएको र सरकार सुशासनका साथै अर्थतन्त्र सुधारमा कमजोर देखिएको उनको भनाइ थियो।