७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्छः उपप्रधानमन्त्री सिंह

सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्छः उपप्रधानमन्त्री सिंह
अ+ अ-

कैलाली। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विद्यार्थीलाई सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्ने बताए ।

टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले टीकापुरलाई शैक्षिक नगरका रूपमा विकास गर्नुपर्ने धारणा  राखेका छन् । उनले शैक्षिकस्तर सुधार गर्न विद्यालयको विकासमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिए ।

टीकापुरलाई शैक्षिक नगरका रूपमा विकास गर्न सबैले सहकार्य गर्न जरुरी छ । विद्यार्थीलाई सैद्धान्तिक पढाइसँगै सीप विकाससँग जोडेर विद्यालयतहदेखि शिक्षा दिनु आजको आवश्यकता हो”, उपप्रधानमन्त्री सिंहले भने । उनले प्रविधि तथा सीप विकासमा लगानी गरी दक्ष र सीपयुक्त जनशक्ति उत्पादनमा विद्यालय केन्द्रित हुनुपर्नेमा जोड दिए ।

टीकापुर ‘स्मार्ट सिटी’का रूपमा विकास हुन सुरु भएको भन्दै उहाँले शिक्षाका माध्यमबाट यसलाई अझ सशक्त बनाउनुपर्ने उनले धारणा राखेका छन्। “केही समय स्मार्ट सिटीका कार्यक्रमहरू अघि बढ्न सकेका छैनन्, आगामी दिनमा यसलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछु ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न लागेको जानकारी दिए। “हामीले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न खोजेका छौँ, अबको १० वर्षमा टीकापुर फेरिनेछ ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले वीरेन्द्र विद्या मन्दिर सार्वजनिक शैक्षिक गुठी भए पनि नगरले हरेक कार्यमा सघाउँदै आएको बताए । कार्यक्रममा उच्च ओहोदामा पुगेका तथा विद्यालयमा उत्कृष्ट भएका पूर्वविद्यार्थीलाई स्म्मान गरिएको थियो ।

स्वर्ण महोत्सवमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहसहित करिब दुई सयलाई सम्मान गरिएको थियो । आजै विद्यालयमका स्वर्ण स्तम्भ, ‘इ–पुस्तकालय’ उद्घाटन गरिएको छ । रासस