७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग हो: प्रधानमन्त्री

हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग हो: प्रधानमन्त्री
अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलन हुन लागेकामा खुसी प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजना हुने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ को आयोजक समिति र सल्लाहकारसहितको परामर्श बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपाली जग भएको बताउनुभएको हो ।

उहाँले यसै हिमवतखण्ड भूखण्डबाट ज्ञान, योग र दर्शनको प्रादूर्भाव भएको प्रसङ्ग उल्लेख गर्दै धर्तीको यो भूभाग त्रेतायुगदेखि नै औषधि विज्ञानसम्मको आरम्भ भएकाले यसको गौरवलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिनुभयो । आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौँमा हुने सम्मिलनमा नेपाल, भारत, म्यान्मार, भूटान, चीन, थाइल्याण्डलगायत देशका गरी करिव पाँच सय स्रष्टाहरुको सहभागिता रहनेछ । यसअघि २०७६ मा काठमाडौँमा यस प्रकारको पहिलो सम्मिलन भएको थियो ।

सम्मिलनमा सिक्मिका पूर्व मुख्यमन्त्री एवं साहित्यकार पवन चाम्लिङले नेपाली भाषाको अन्तर्राष्ट्रिय आयमबारे प्रचवन दिनुहुनेछ । कार्यक्रमको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट र समापन प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीबाट हुनेछ । सम्मिलनको पहिलो दिन हिमवतखण्ड साहित्यिक चलचित्र उत्सव, दोस्रो दिन हिमवतखड बृहत सांस्कृतिक उत्सव र तेस्रो दिन हिमवत खण्डका क्षेत्रका कविहरुको काव्य उत्सवसमेत हुनेछ ।

सम्मिलनमा विभिन्न मुलुक तथा नेपालभित्रका सात प्रदेशका विद्वानहरुले गोष्ठीपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बैठकमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपतिहरु वैरागी काईँला, गङ्गाप्रसाद उप्रेती, नेपाल लािलतकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, सम्मिलनका सल्लाहकार डा केशवप्रसाद सुवेदी, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, साहित्यकार डा तुल्सीप्रसाद भट्टराई, संस्कृतिविद् डा वीणा पौडेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीगायत सहभागी हुनुहुन्थ्यो ।