२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजातन्त्र दिवसमा निःशुल्क मुटु परीक्षण



अ+ अ-

महोत्तरी। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बर्दिबासस्थित रोटरी क्लबले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा बर्दिबास नगरक्षेत्रका विद्यालयका छात्रछात्राको मुटु परीक्षण गरेको छ ।

बिहीबार सम्पन्न शिविरमा नगरका ११ विद्यालयका पाँच हजार ६७८ छात्रछात्राको मुटु परीक्षण गरिएको थियो । वरिष्ठ हृदयरोग विशेषज्ञ डा अवनीभूषण उपाध्याय, डा प्रेमराज वैद्य र डा प्रकाशराज रेग्मीसहितको १५ सदस्यीय टोलीले शिविर सञ्चालन गरेको हो ।

सामाजिक सेवा समाजका हरेक वर्गको दायित्व भएको स्मरण गराउँदै डा उपाध्यायले त्यही दायित्व निर्वाह गर्ने सिलसिलामा आफूहरुले शिविर सञ्चालन गरेको राससलाई बताए ।