१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा फोरमको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा काठमाडौँ उपत्यका मेयर फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

फोरमले आज विज्ञप्ति जारी गर्दै उपत्यकामा कोरोना नियन्त्रण गर्नलाई कडा निषेधाज्ञा तथा कर्फ्यु लगाउनुपर्ने बेलामा निर्माण व्यवसायीलाई निर्वाधरुपमा काम गर्न दिने व्यवस्थाले कोरोना नियन्त्रण गर्न कठिनाइ हुने जनाएको हो । 

फोरमले सरकारलाई उपत्यकामा कर्फ्यु लगाउनुपर्ने सुझाव दिएको थियो । हिजो बसेको प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयको बैठकले निर्माण क्षेत्रमा काम गर्ने व्यवसाय र त्यससँग सम्बन्धित काम गर्ने व्यवसायीलाई दिउँसो २ बजेदेखि ९ बजेसम्म पसल तथा व्यवसाय खोल्न दिने व्यवस्था गरेको छ । यसले निषेधाज्ञाको अर्थ नरहने तथ्यलाई ध्यानमा राख्दै यसमा सुधार गर्नुपर्ने फोरमको माग छ । आज फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र सचिव एवं मध्यपुरथिमिका प्रमुख मदनसुन्दर श्रेष्ठद्वारा  हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “अत्यावश्यकीय वस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल्न विषयलाई कायम राख्दै अन्य समयमा पसल÷व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ ।” तेस्रोपटक हिजो १७ गते थपिएको आदेश २४ गते राति १२ बजेसम्मका लागि हो । 

विषम परिस्थितिलाई ध्यानमा राख्दै उपत्यकाका स्थानीय तहबाट प्रवाह हुँदै आएको अत्यावश्यकबाहेकका अन्य सेवा भदौ २४ गतेसम्म बन्द रहने पनि विज्ञप्तिमा उल्लेख छ ।