१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिवालय बैठक शुरु, कार्यदलको प्रतिवेदन र बामदेवको मनोनयन बारे छलफल हुदै



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । अपरान्ह ३ बजेपछि बैठक सुरु भएको हो । आज बिहान बजेका लागि तय भएको बैठक पार्टीको आन्तरिक विवाद मिलाउनका लागि भन्दै दिउँसो ३ बजेका लागि सारिएको थियो । 

आजको बैठकमा विशेषतः हालैमात्र नेकपाको कार्यदलले तयार पारेको र दुई अध्यक्ष प्रधानमनत्री केपी ओली र प्रचण्डलाई बुझाइसकेको प्रतिवेदन बारे छलफल हुने बताइएको छ । त्यसैगरी सो बैठकमा नेकपाका नेता बामदेव गौतमलाई राष्टिय सभामा मनोनित गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । 

यसअघि बैठक गत भदौ १३ गतेका लागि तय भएको थियो । तर पछि अध्यक्षद्वय पी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीचको छलफलपछि बिहीबार बोलाइएको हो । बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा राष्ट्रियसभाको रिक्त एकजना मनोनित गर्ने सदस्य पदमा कसलाई लैजाने भन्नेबारे समेत निर्णय छलफल गर्ने नेताहरुको तयारी छ र त्यसमा सम्भवत बामदेव गौतमलाई नै लैजाने सहमति दुई नेताबीच भएको पाइएको छ। 

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच युवराज खतिवडा कि वामदेव गौतम भन्नेमा एकमत हुन नसकेको यस विषयमा आज बिहानसम्म सहमति भएको बुझिएको छ । उनीहरु दुवैजना बीच बामदेवलाई लैजाने भन्नेमा सहमति भएको छ ।